क्रिकेटर लामिछानेलाई आज सजाय तोक्ने
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्ने भएको छ ।
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आज पेसी तोकिएको हो ।
वि.सं.२०८० पुस २५ बुधवार १०:२४
















