कर्णाली प्रदेशमा रोजगारीको अवसर, यी पदमा खोल्यो विज्ञापन
काठमाडौं। कर्णाली प्रदेशले प्रदेशमा रिक्त रहेका पदका लागि विज्ञापन खोलेको छ।
कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदका लागि
प्रदेश लोक सेवा आयोगले विज्ञापन खोलेको हो।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन खोल्दै आयोगले प्रशासन तथा लेखा समूहका २४ पदमा आवेदन आह्वान गरेको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १५ गतेसम्म दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ।
वि.सं.२०८० पुस २४ मंगलवार ०८:५६
















