View Point Long Banner Ad

बस्न र सुत्ने आसन नजान्दा मेरुदण्डको समस्या

बस्न र सुत्ने आसन नजान्दा मेरुदण्डको समस्या

तपाईं अहिले कस्तो अवस्थामा बस्नु भएको छ रु एकपटक आफैलाई नियाल्नुहोस् । के त्यो तपाईंको बसाई सही होला रु

यो प्रश्न किनपनि जरुरी छ भने हामीमध्ये अधिकांशलाई बस्न आउँदैन । खासगरी सही आसनमा । यसरी सही आसनमा नबस्दा के हुन्छ त रु यसले एउटा मात्र समस्या ल्याउँदैन । तपाईं–हामीलाई हल न चलको बनाइदिन्छ । ढाँड दुख्छ, कम्मर दुख्छ, गर्दन दुख्छ । हातखुट्टा झमझाउँछ । समस्या यतिमै सकिदैन । यसले नसा च्यापिने, हड्डी खिइने जस्ता जटिलता थपिदिन्छ । यो स्थितीमा पुगेपछि मान्छेको दैनिक जीवन नै अस्तव्यस्त बन्न पुग्छ । नसा च्यापिने, हड्डी खिइने जस्ता समस्याले पीडा मात्र दिदैन, कतिपय काम नै गर्न नसकिने अवस्थामा पु¥याइदिन्छ ।

यो पीडालाई झेल्नुअघि जान्न जरुरी छ कि, कसरी बस्ने वा सुत्ने ?

सही आसनमा बस्दा, सुत्दा यावत् जोखिमबाट मात्र बचिदैन शरीर तन्दुरुस्त पनि रहन्छ । त्यसो भए कसरी बस्ने, कसरी सुत्ने त रु हामीले बरिष्ठ फिजियोथेरापिस्ट डा। विरासन राजभण्डारीसँग सोधेका थियौं ।

बस्न जान्दैनौं हामी

तपाईं मोबाइल चलाइरहेका बेला होस् वा टिभी हेरिरहेको, कुनै काम गरिरहेका बेला होस् वा पुस्तक पढिरहेको बेला । केही कुप्रो पर्नुहुन्छ वा कतै ढल्किनुहुन्छ । भनौं, तपाईं–हाम्रो बस्ने सही तरिका हुँदैन ।

यसले गर्दा ढाँडको मांसपेशी कडा हुन्छ र मेरुदण्डको समस्या आउन थाल्छ ।

‘कम्प्युटर चलाउने व्यक्ति, बैंकका कर्मचारी, लामो समय गाडी चलाउनुपर्ने व्यक्तिहरूमा गर्धन दुख्ने, ढाड दुख्ने, हातखुट्टा झमझमाउने जस्ता समस्या धेरै देखिएको छ’ डा। राजभण्डारी भन्छन्, ‘यस्तो समस्या त्यही व्यक्तिलाई छ, जो सही ढंगले बस्न जान्दैन ।’

कसरी बस्ने त रु

हामी कुर्सीमा बसेर काम गर्नेहरुले अझ यो कुरामा ख्याल राख्नुपर्छ । कुर्सीमा बसेर ल्यापटप चलाउँदा, मोवाइल चलाउँदा वा कुनैपनि काम गर्दा हामीले टाउको झुकाउने गर्छौं । ढाँड कुप्रो बनाउने गर्छौं । यस्तो आसनले मेरुदण्डको समस्या ल्याउँछ । त्यसैले बस्दा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ । ढाँड खुम्च्याएर, कतै झुकेर वा ढल्केर बस्नु उचित होइन । बस्दा ढाँडको अवस्था एकदम सिधा हुनुपर्छ ।

कुर्सीमा बसेर मोबाइल, ल्यापटप चलाउँदा ढाँड सिधा हुनुपर्छ । ल्यापटप वा टिभी आदि आँखाको समानन्तर राखेको हुनुपर्छ । मेरुदण्डलाई स्वस्थ राख्न, ढाँड–गर्दन दुख्ने समस्याबाट बच्न बसाईको स्थिती सही हुनुपर्ने उनको भनाई छ ।

प्रायले गाडी, मोटरसाइकल चलाउँदा अलि निहुरिएको अवस्था देखिन्छ । त्यही कारण गर्दनको मासु दरो हुने, नसा च्यापिने र ढाड दुख्ने समस्या हुन्छ । त्यसैले गाडी चलाउँदा पनि ढाँडलाई सोझो स्थितीमा राख्नुपर्छ ।

अक्सर पुरुषहरु पर्सलाई पाइन्टको पछाडिको खल्तीमा राख्छन् । यसरी पर्स पछाडि राखेर राख्दा बसाईको आसन मिल्दैन । यसले मांसपेशी कडा हुने र मेरुदण्ड बाङ्गो हुने जोखिम हुन्छ ।

यसैगरी सुत्ने आसन पनि सही हुन जरुरी छ । सुत्दा सिरानीको उचाई धेरै हुनु हुँदैन । सुत्दा घोप्टो पर्ने वा खुम्चिने बानी पनि राम्रो होइन ।


आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्

आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्

वि.सं.२०८२ वैशाख १८ बिहीवार १५:००

  १८ वैशाख, काठमाडौं । सरकारसँग शिक्षक महासंघले गरेको सहमतिपछि...

निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन

निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं...

वि.सं.२०८२ वैशाख १७ बुधवार ११:५६

    १७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका...

सरकार–शिक्षक वार्ता आज दिउँसो

सरकार–शिक्षक वार्ता आज दिउँसो

वि.सं.२०८२ वैशाख १७ बुधवार ११:५३

  १७ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक...

शिक्षक महासंघले भन्यो ः आन्दोलनमा सरकारले घुसपैठ गरायो, भोलि तीन गुणा बढी शिक्षक काठमाडौं आउँछन्

शिक्षक महासंघले भन्यो ः आन्दोलनमा सरकारले घुसपैठ...

वि.सं.२०८२ वैशाख १४ आइतवार १४:०५

    १४ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकको...

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

वि.सं.२०८२ वैशाख ११ बिहीवार १६:५५

११ वैशाख, काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा...

निजामती विधेयकमा सहमति जुटाउन दिनभरि छलफल

निजामती विधेयकमा सहमति जुटाउन दिनभरि छलफल

वि.सं.२०८२ वैशाख ११ बिहीवार १६:४६

  १० वैशाख, काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन...