View Point Long Banner Ad

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै

२८ भदौ, काठमाडौं । गएराति काठमाडौं र आसपासका क्षेत्रमा मेघगर्जन

र चट्याङसहित वर्षा भयो । मनसुनको समयमा सामान्यतया मेघगर्जन र चट्याङ पर्दैन तर बुधबार राति सुतिरहेका मानिसहरुलाई तर्साउने गरी बिहानपखसम्मै मेघगर्जन र वर्षा भइरह्यो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप ड्याममा रेकर्ड भएको छ । १२ घण्टाको अवधिमा धाप ड्याममा ८१ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि दोस्रो धेरै नुवाकोटको ककनी क्षेत्रमा ६४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
हिजोआज ठूलो पानी पार्ने प्रणाली पनि छैन । तर राति मेघगर्जन र चट्याङसहित घनघोर पानी किन पर्यो होला रु मौसमविद् रोजन लामिछाने भन्छन्, ‘दिनभर चर्को घामका कारण विकसित स्थानीय प्रणालीलाई भारत र बंगालको खाडी आसपासको न्यूनचापीय प्रणालीले सपोर्ट गरेका कारण मेघ गर्जन र चट्याङसहित वर्षात भयो ।’ लामिछानेका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । यसको अर्थ पानी पार्ने प्रणाली भारततिर बढी छ । नेपालमा भारतको दक्षिण(पश्चिम उत्तर प्रदेश र त्यस आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै छ । यस्तै बंगालको खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको न्यूनचापीय रेखाको पनि नेपालमा आंशिक प्रभाव छ ।

मनसुनको समयमा जलवाष्पयुक्त हावा धेरै हुन्छ र पानी पर्छ । सामान्यतया मनसुनको समयमा मेघगर्जन र चट्याङ कम हुन्छ । तर हुँदै नहुने भन्ने चाहिँ हुँदैन । २०७९ साउन २४ गते र २०७८ भदौ २० गते पनि काठमाडौंमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो ।

नेपालमा यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला ३१ जेठ ९१४ जुन० मा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ हो । सरदर मिति अनुसार मनसुनको अवधि अझै १५ दिन (यसमा केही दिन तलमाथि हुनसक्छ० बाँकी छ । अर्थात् अहिले ‘पोष्ट मनसुन’को समय छ । पोष्ट मनसुनको बेलामा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना हुने मौसमविद लामिछानेको भनाइ छ । मेघगर्जन र चट्याङ प्रि(मनसुनको समयमा बढी हुन्छ ।

यद्यपि आज राति पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिएअनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी भदौ २९ गते शुक्रबार र ३० गते शनिबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...