View Point Long Banner Ad

ललिता निवासबारे चन्द्रदेवको बयान सबै कुरा सचिवलाई थाहा होला

ललिता निवासबारे चन्द्रदेवको बयान स् सबै कुरा सचिवलाई थाहा होला

चन्द्रदेव जोशी भूमिसुधार मन्त्री हुँदा बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । २०६९ मा ‘पशुपति टिकिन्छा गुठी’को नाममा जग्गा दर्ता गर्ने निर्णय हुँदा चन्द्रदेव जोशी भूमि सुधार तथा व्यवस्था मन्त्री थिए ।

भूमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषद्मा लाने प्रस्ताव तत्कालीन सचिव दिनेशहरि अधिकारीले तयार गरेका थिए । सचिवले टिप्पणी रायसहित मन्त्री जोशी कहाँ पेश गरेको फाइल उनले सदर गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरोमा चन्द्रदेव जोशीले बयान दिँदै जग्गा प्रकरणमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

‘मकहाँ पेश भएको टिप्पणी २०६९ साउन ८ मा सदर गरेको हुँ’ जोशीले भनेका छन्–‘तत्कालीन सचिव दिनेशहरि अधिकारीको विश्वासमा परेर सदर गरेको हुँ, अरु कर्मचारीले कुन ऐनको आधारमा टिप्पणी उठाएर अघि बढाए मलाई थाहा भएन ।’

भूमिसुधार मन्त्रालयको प्रस्तावको आधारमा मन्त्रिपरिषद्ले ‘पशुपति टिकिन्छा गुठी’को नाममा जग्गा हस्तान्तरण गर्न मन्त्रिपरिषद्ले सहमति दिएको थियो । पशुपति टिकिन्छा गुठी खडा गर्दा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छानबिन समितिको ठहर छ ।

यो पनि
सीआईबीसँग बाबुरामको बयान, ‘मन्त्रिपरिषद्को निर्णय सरकारी जग्गा व्यक्तिलाई दिने भन्ने होइन’
सञ्जय साहको बयान, ‘राज्यमन्त्री हुँदा ३० वर्षको थिएँ, नियम–कानुनमा त्यति जानकार थिइनँ’
के छ माधव नेपालले सीआईबीलाई दिएको ‘बयान कागज’ मा रु


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...