पशुपतिशमशेर जबरा समानुपातिकमा बसेपछि…
सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर जबरा यसपटक समानुपातिकमा बसेका छन् ।
राप्रपाले सोमवार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा छ ।
राणाले पञ्चायतको समयदेखि गणतन्त्रसम्म सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएका थिए । २०५६ सालमा चुनाव जिते पनि त्यसयता उनी पराजित हुँदै आएका थिए तर पनि उनले चुनाव लड्ने हिम्मत जारी राखेका थिए ।
२०६४ सालको चुनावमा माओवादी उम्मेदवारसँग पराजित राणा २०७४ सालमा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए । २०७४ सालमा राणालाई कांग्रेसले समर्थन गरेको थियो ।
वि.सं.२०७९ असोज ४ मंगलवार १४:०२
















