गैरीगाउँमा ३० वर्षिय युवकको शव फेला
काठमाडौंको गैरीगाउँमा युवकको शव भेटिएको छ । ‘बाजेको सेकुवा’ अगाडि मुल सडकबाट तल खसेको अवस्थामा दोलखाको तामाकोशी गाउँपालिका घर भएका सुरज खड्का मृत भेटिएका हुन् ।
३० वर्षका खड्काले सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गरेका छन् । खड्काको शरीरमा चोटपटक देखिएको छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ असोज २ आइतवार ११:५६
















