नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।
उनले नेपाली टिमसँगको यात्रामा खुसी, दु:ख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् ।
वि.सं.२०७९ भदौ २६ आइतवार १७:०३
















