View Point Long Banner Ad

काठमाडौं–७ मा कांग्रेसबाट डा. थपलियाको नाम सिफारिस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं–७ मा डा. रामशरण थपलियाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं ७ को प्रत्यक्ष उम्मेदवारतर्फ डा. थपलियाको नाम सिफारिस गरिएको हो ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका थपलियासहित विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाईं, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको पनि नाम सिफारिस भएको छ ।

उनको पुख्र्यौली घर धादिङ हो । यसअघि थपलियासँग पर्यटन क्षेत्र निकट धेरै संघ–संस्थामा रहेर काम गरिसकेको अनुभव छ । नेपाल उद्योग वाणिज्य संघको समेत केन्द्रीय सदस्य रहेका थपलिया संस्थापन इतर समूहनिकट मानिन्छन् ।

वरिष्ठ पर्यटन व्यवसायी थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत The Role of Nepali political parties in democracy Building विषयमा पीएचडी गरेका हुन् ।

यस्तै नेकपा एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयाल दाबेदारी रहेका छन् । यद्यपी उनीहरुको नाम सिफारिस भइसकेको छैन ।

त्यसैगरी, एकीकृत समाजवादीबाट वसन्त मानन्धरको नाम सिफारिस भएको छ भने जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सुर्य सिलाकारको नाम सिफारिस भएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...