View Point Long Banner Ad

लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समेट्दा भारत मसँग रिसायोः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र वर्तमान सरकार लिम्पियाधुरा लिपुलेकबारे चुइक्क नबोलेको बताएका छन् । सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समेट्दा भारत आफूसँग रिसाएको पनि बताए ।

उनले लिम्पियाधुरा र लिपुलेक कसको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । ‘सम्माननीय प्रधानमन्त्री ज्यू दार्चुलाको भूमि नेपालको हो कि होइन ? बोल्नुहुन्न उहाँ । महान क्रान्तिकारी भन्ने प्रचण्ड लिम्पियाधुरा कसको हो बोल्नुहुन्न, अस्ति भारत जाँदा पनि चुइक्क बोल्नुभएन’, अध्यक्ष ओलीले भने, ‘माधव नेपाल अर्को हुनुहुन्छ फेरि, उहाँ पनि बोल्नुहुन्न ।’ उनले शेरबहादुर र प्रचण्डलाई भारतले बोलाए पनि माधवको भलाई नबोलाएको भनेर छटपटी भएको आरोप लगाए । ‘उहाँलाई शेरबहादुरलाई बोलायो, प्रचण्डलाई बोलायो तर मलाई बोलाएन भनेर छटपटी भएको छ’, ओलीनाइ छ ।

उनले नेपाली काँग्रेस नसप्रिएकोमा आफूलाई अचम्म लागेको भन्दै लोकतन्त्रमा फरक विचार र मान्यतालाई सुन्न र अस्तित्व स्वीकार्नुपर्ने भएपनि गठबन्धन त्यो दिशामा नभएको बताए । उनले गठबन्धनलाई तानाशाहीको संज्ञा समेत दिए । ‘फरक विचारलाई मान्दैनन्, अहिलेको गठबन्धन तानाशाही जस्तै हो’, ओलीको भनाइ छ ।, देशद्रोही

उनले गठबन्धनले एमसीसीबारे गठबन्धनमा रहेका दलहरुले दोहोरो चरित्र देखाइएको भन्दै ढाँटछल, बेइमानी क्रियाकलाप वर्तमान सरकारबाट भइरहेको बताए । ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाव नमानी जस्ताको तस्तै पास गरेकोमा आपत्ति जनाए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...