सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
सत्ता गठबन्धनको कार्यदल बैठक सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । बुधबार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो । यसअघि तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो ।
यद्यपि ०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरुको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउने विषयमा कार्यदलमा एकमत छ । तर संख्यात्मक हिसाबले सिट बाँडफाँट हुन सकेको छैन ।
वि.सं.२०७९ भदौ १ बुधवार १७:२४
















