तालमेलको मोडालिटी बनाउन कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल हुन लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार ११:४९
















