View Point Long Banner Ad

चुनावको तयारीमा जुट्न जिल्ला सभापतिहरुलाई देउवाको निर्देशन

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

भक्तपुरका सभापति दुर्लभ थापाले भने, ‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । सभापतिज्यूले अहिले भेला नगर्न भन्नुभयो ।’ १४ औं महाधिवेशनपछि नयाँ जिल्ला कार्यसमिति आएको भन्दै उनीहरुले पदाधिकारीको भेलाका गर्न योजनामा थिए ।

तर देउवाले भेला र बैठकभन्दा पनि चुनावको तयारीमा जुट्न निर्देशन दिएको थापाले बताए । ‘चुनावको तयारीमा लाग्नुस् । बढी भन्दा बढी साथीहरुलाई जिताउन लाग्नुस्, अहिले बाँकी कुरा छोड्नुस् ,’ देउवाको भनाइ उद्धृत गर्दै थापाले भने,‘ जितेर आउनस् । साथीहरुलाई जिताएर ल्याउनुस् ।’ देउवाले पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिन पनि निर्देशन दिएको थापाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले मंसिर ४ गतेका लागि निर्वाचनको मित तय गरिने संकेत दिएका थिए । थापाले भने, ‘संघीय संसदको मंसिर ४ गते चुनावको कुरा छ । यही ढंगले आन्तरिक छलफल भएको छ । निर्वाचन आयोग पनि त्यही तयारीमा छ । सभापतिज्यूसँगको भेट्मा पनि हामीले त्यही संकेत पायौं ।’

थापाकाअनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले चुनावको मिति घोषणा गर्न सक्छ । उनले भने, ‘यही हप्ताभित्र चुनावको मिति घोषणा हुने परिस्थिति देखिन्छ । यसमा सबै तयार नै छन् भन्ने मैले बुझेको छु ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...