View Point Long Banner Ad

भरतपुर महानगरपालिकाले ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । चालु आर्थिक वर्ष ०७९र०८० का लागि सामुदायिक र संस्थागत विद्यालयमा १० जोड २ मा अध्ययन गर्ने विद्यार्थीको कुल संख्याको ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भरतपुर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

छात्रवृत्ति आवेदन दिनका लागि विद्यार्थीहरुले साउन १२ देखि २६ गतेको समयसीमा तोकिएको छ । विद्यार्थीहरुले आवेदनको साथमा अन्य कागजात पनि समावेश गर्नु पर्नेछ । महानगरको शैक्षिक महाशाखाले जारी गरेको सूचनामा छात्रवृत्ति आवेदनको साथमा एसइइको ग्रेड सिट, अपाङ्गता भएको विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, जनआन्दोलनका घाइतेका सन्तति, वेपत्ता परिवारका सन्तति र मधेस आन्दोलनका सन्ततिको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात समावेश गर्नुपर्ने छ ।

सूचनामा विपन्न कोटामा आवेदन दिन सम्बन्धित वडाबाट विपन्न परिवारको सदस्य भएको सिफारिस पेश गर्न भनेको छ । गत वर्ष महानगरले २ सय ३९ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको थियो । छात्रवृति पाएका विद्यार्थीले भर्ना शूल्क र मासिक शूल्क तिर्नुपर्ने छैन ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...