View Point Long Banner Ad

फेसबुकमा धेरै लाइक र कमेन्ट पाउने केही टिप्स

फेसबुकमा आफुले लेखेको स्टाटस तथा अपलोड गरेका तस्वीरहरुमा धेरै भन्दा धेरै लाइक र कमेन्ट पाउने इच्छा सबैको हुन्छ । पछिल्लो समय किशोर किशोरी तथा युवाहरुमा फेसबुकको लत नै लागेको र फेसबुक पोष्टमा आउने कमेन्ट तथा लाइकको घटबढले मानसिक रुपमा विक्षिप्त समेत बनाउने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

फेसबुक पोष्टहरुमा व्यक्तिले पाउने लाइक तथा कमेन्ट उसको व्यक्तिगत लोकप्रियता, फेसबुक फ्रेण्डको सख्या, सक्रियता, फेसबुकको स्टाटस वा फोटो लगायका सामाग्रीको सान्दर्भिकता वा प्रकार लगायतले निर्धारण गर्दछ । तर कहिलेकाहीँ जतिसुकै लोकप्रिय मानिसले जतिसुकै राम्रो पोष्ट गरेपनि लाइक तथा कमेन्ट कम आउने र सोही व्यक्तिले अन्य समयमा गर्ने कतिपय पोष्टमा भने लाइक तथा कमेन्टको बाढी आउने हुनसक्छ । यसको अर्थ हो फेसबुकमा आउने लाइक तथा कमेन्टको संख्या निर्धारणमा विभिन्न पक्षको भूमिका हुन्छ । त्यसैले ती पक्षहरुको बारेमा ध्यान दिनुपर्छ ।

फेसबुकमा बढिभन्दा बढि लाइक तथा कमेन्ट प्राप्त गर्नका लागि तथा अरुको नजरमा परिरहनका लागि बस यी केही टिप्स अपनाउनुहोस् । यस्तो समयमा फेसबुक स्टाटस अपडेट गर्नुहोस् जुन समयमा धेरै भन्दा धेरै मानिस अनलाइनमा होउन् । यसबाट तपाइँको पोष्ट धेरैले देख्न पाउँछन् । धेरै मानिसहरु बेलुकी वा रातको समयमा धेरै अनलाइनमा आउँछन् । त्यसैले यो समय फेसबुकमा पोष्टिनका लागि उपयुक्त हुनसक्छ ।

अनावश्यक रुपमा आफ्नो फोटोमा जथाभावी साथीहरुलाई ट्याग गर्ने काम बन्द गर्नुस् । धेरैलाई ट्याग गर्दा धेरै लाइक पाइन्छ भन्ने मान्यता नराख्नुस् । यस्तो बानी प्रत्युत्पादक हुनसक्छ । तपाइँले ट्याग गरेको तस्वीर वा सामाग्रीसँग सम्बन्धित नै रहेको मानिसलाई जथाभावी ट्याग गर्दा उसलाई दिक्क लाग्छ । उसले त्यसअघि तपाइँका पोष्टमा लाइक गर्ने गरेको भएपनि दिक्क लागेर गर्न छाड्छ ।

जुन तस्वीर वा स्टाटस पोष्ट गरेको आधा घण्टाको बीचमा खासै लाइक वा कमेन्ट आएनन् भने बुझ्नुहोस् की तपाइँको पोष्ट धेरै फेसबुकेहरुले देख्नै पाएनन् । त्यसैले त्यस्तो पोष्टलाई डिलिट गरिहाल्दा हुन्छ । फेसबुकको एल्गोरिदमका अनुसार फेसबुक पोष्टमा जति धेरै लाइक प्राप्त भयो त्यो उति नै धेरै मानिसको वालमा देखा पर्दछ । यसको अर्थ जब तपाइँको पोष्टमा लाइकको संख्या नै कम छ भने त्यो पोष्ट कम मात्र मानिसको वालमा देखा पर्दछ र त्यसले अरु थप लाइक पाउने सम्भावना कम हुन्छ ।

फेसबुकमा झिना मसिना कुराहरु पनि छिटो छिटो पोष्ट गरिरहने नगर्नुस् । यसो गर्दा तपाइँको वजन घट्छ र तपाइँका फेसबुके साथीहरुले लाइक तथा कमेन्ट गर्न पनि झिँजो मान्न सक्छन् । त्यसैले फेसबुकमा महत्वपूर्ण विचार, सन्दर्भ तथा सामाग्रीहरु मात्र पोष्ट गर्नुहोस् ।

तपाइँले आफ्नो साथीलाई आफ्नो कुनै पुरानो तस्वीरमा कमेन्ट गर्नका लागि आग्रह गर्न सक्नुहुन्छ । यसरी कसैले कमेन्ट गरिसकेपछि वा लाइक गरिसकेपछि तपाइँको त्यो पूरानो पोष्ट पुनः तपाइँका फेसबुके साथीहरुको वालमा देखा पर्दछ । त्यसबाट तपाइँको नयाँ साथीले पनि उक्त तस्वीर देख्न पाउँछ र लाइक वा कमेन्ट ठोक्ने सम्भावना हुन्छ ।

आफ्नो फेसबुक पोष्टमा यस्तो प्रश्न सोध्नुस् जो सबैको सरोकारको विषय होस् र धेरै भन्दा धेरैले त्यसको जवाफ दिउन् । मानिसहरुको सर्वाधिक रुची भएको तात्कालिक विषय के होला रु भन्ने कुरा सोँच्नुस् । कुनै भैरहेको घटनाको विषयमा पनि अरुले भन्दा अलि फरक तरिकाले फेसबुकमा प्रस्तुत गर्नुस् । यसो भन्नुको मतलब यथार्थलाई तोडमोड गर्ने भन्ने होइन । तर अरु कैयौँ मानिसले दिइसकेको सूचना वा तथ्यांकलाई सोही स्वरुपमा आफ्नो फेसबुकमा पोष्ट गर्दा त्यसले फेसबुकेहरुको ध्यान तान्न सक्दैन ।

तपाइँले कुनै सेलिब्रेटी वा ठूलाबडा मानिससँग खिचाएका फोटा छन् वा कुनै नयाँ र विशेष ठाउँका विशेष फोटाहरु छन् भनेपनि बेलामौकामा पोष्ट गर्नुस् । तर एउटै सेलिब्रेटीसँगका आफ्ना एकै सन्दर्भका फोटाहरु पटक पटक पोष्ट गर्दा भने राम्रो हुँदैन ।

सक्कली फोटोहरु मात्र पोष्ट गर्नुस्, फोटोशप गरेर कुनै ठूलो मानिससँग आफुलाई सँगै देखाएर फोटो तयार गरेर पोष्ट गर्ने नक्कली काम नगर्नुस् । यो धन्दा अरुले थाहा पाएभने तपाइँले धेरै लाइक पाउने त परको कुरा फेसबुकेहरुले तपाइँको बेइज्जत गर्न सुरु गर्नेछन् ।

आफ्नो फेसबुक पोष्टमा लाइक वा कमेन्टको मात्र अपेक्षा गर्ने तर अरुका पोष्टमा लाइक, कमेन्ट गर्न कन्जुस्याइँ गर्ने काम कहिल्यै नगर्नुस् । आफुले लाइक, कमेन्ट चाहनेले अरुलाई पनि दिनुपर्छ । लाइक कमेन्ट मात्र होइन, अरुका मनपर्ने स्टाटसहरु शेयर पनि गर्न सक्नुहुन्छ । जसका कारण ती व्यक्तिहरुले तपाइँको फेसबुक पोष्टमा लाइक वा कमेन्ट ठोक्न बिर्सिने छैनन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...