घाईते रेणुलाई भेट्न अस्पताल पुगे खेलकुद मन्त्री
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुगेका हुन् ।
प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । उनले घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँचिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया गरिएको छ । उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरीएको अस्पताल प्रशासनले जनाएको छ ।
वि.सं.२०७९ असार २३ बिहीवार १४:४९
















