View Point Long Banner Ad

प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न काँग्रेसका नेताको बैठक सुरु

स्थानीय तह निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा काँग्रेसका शीर्ष नेताहरु अनौपचारिक छलफलमा छन् ।

शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा सहमति जुट्न नसकेपछि अहिले पार्टी सानेपामा छलफल भइरहेको छ । बिहान ९ बजे शीर्ष नेताको बैठक बस्ने पनि साढे १० बजेपछि मात्र छलफल सुरु भएको थियो ।

शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक बस्ने छ । कार्यसम्पादन समिति बैठक ११ बजे बस्ने भनेपनि शीर्ष नेताहरु सहमतिकै खोजीमा अल्झिएको अवस्था छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगरबाट गठबन्धनबाट मेयरको साझा उम्मेदवार खडा गर्ने छ ।

यस्तै भरतपुर, पोखरा र विरगञ्जमा काँग्रेसबाट उपमेयरको उम्मेदवार हुने छन् । काठमाडौंमा सिर्जना सिंहको नाममा सहमति जुटेपछि विराटनगर र ललितपुरमा सहमतिको खोजिइरहेको छ । यस्तै उपप्रमुखमा पनि सहमति जुट्न सकेको छैन । आज र भोलि उम्मेदवारी दर्ताको समय भएपनि काँग्रेसले अझै उम्मेदवार तय गर्न सकेको छैन ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...