चुनावी कार्ययोजना पारित गर्न एकीकृत समाजवादीको केन्द्रीय समिति बस्दै
सत्तारुढ दल नेकपा एकीकृत समाजवादी केन्द्रीय समिति बैठक एमसीसी अनुमोदन गर्नुपर्ने वाध्यताबारे प्रस्ट्याउँदै र आगामी चुनावी कार्ययोजना पारित गर्दै बिहीबार सक्ने तयारी छ । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउँदै बैठक बिहीबारै सकिने नेता मेटमणि चौधरीले जानकारी दिए । ‘छलफलमा उठेका निष्कर्ष सुनेपछि अध्यक्षले जवाफ दिएर बैठक आजै सकिन्छ’, नेता चौधरीको भनाइ छ ।
वि.सं.२०७८ फागुन २६ बिहीवार १२:०६
















