View Point Long Banner Ad

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको छ । सदस्य भीमलाल श्रेष्ठको संयोजकत्वमा सदस्यद्वय कुमारी निमा काफ्ले र बालकृष्ण अधिकारी सदस्य रहेको कार्यदल गठन गरेको हो ।

काउन्सिलको सदस्य भीमलाल श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)मा भएका प्रावधानहरूको स्मरण गराउँदै वर्तमान बदलिँदो परिस्थितिमा संयमित भएर तथ्यपरक सामग्री सम्प्रेषण गर्न सम्पूर्ण पत्रकार तथा आमसञ्चार माध्यमलाई अपिल गरेको छ ।

साथै सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुने तथा घृणाजन्य, हिंसा भड्काउने खालका अभिव्यक्तिलाई प्राथमिकता दिएर सामग्री प्रकाशन/प्रसारण नगर्न/नगराउन यस्तो आग्रह गरेको हो । देशभरका आमसञ्चार माध्यममार्फत विज्ञापन बोर्डसँग समन्वय गरी पत्रकार आचारसंहितासम्बन्धी सन्देशमूलक सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

देशभरका पत्रकार र आमसञ्चार माध्यमको आधुनिकीकरण गर्नुपर्ने तथा व्यावसायिकता बढाउनुपर्ने भएकाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका पत्रकार तथा आमसञ्चार माध्यमलाई समेत विद्यमान सेवा–सुविधा उपलब्ध गराउन आवश्यकताअनुसार मिडिया विकास कोषसम्बन्धी विनियम र नीति संशोधन गरी प्रक्रिया अघि बढाउन सुझाव दिने समेत निर्णय गरेको प्रेस काउन्सिल नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...