View Point Long Banner Ad

भिजिट भिसा प्रकरण र जेनजी आन्दोलनमा विवादित बनेका दुई सहसचिव सामान्यको जगेडामा

काठमाडौँ । मन्त्रिपरिषद्को असोज १२ गतेको बैठकले ७ सहसचिवलाई सरुवा गर्न गरेको निर्णय सोमबारमात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गर्‍यो ।

सार्वजनिक सूचीमा गृह मन्त्रालय अन्तर्गतका निकायमा काम गर्दा विवादमा तानिएका दुई सहसचिव छन् । सूचीको ६ नम्बरमा छविलाल रिजाल र ७ नम्बरमा तीर्थराज भट्टराईको नाम छ ।

दुवै जनाको गृहबाट सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरी अतिरिक्त समूहमा राखिएको छ ।

रिजाल भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए । उनीमाथि आन्दोलन दबाउन सुरक्षा निकायलाई गोली प्रहार गर्ने आदेश दिएको आरोप छ ।
कानुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आन्दोलन तितरवितर पार्न के के प्रहार गर्ने भन्ने निर्णय गर्ने र त्यसैका आधारमा प्रमुख जिल्ला अधिकारीले फिल्डमा खटिने सुरक्षाकर्मीको नेतृत्व लिने अधिकारीलाई निर्देशन दिने व्यवस्था छ ।

त्यही व्यवस्थामा टेकेर रिजालले गोली प्रहार गर्न निर्देशन दिएको आरोप जेनजी वाला र सरोकारवालाहरूले लगाइरहेका छन् । भदौ २४ गतेबाट सुरक्षा घेरामा रहेका सहसचिव रिजाललाई गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालय तानेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत ईश्वरराज पौडेललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । जेनजीहरूले रिजाललाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् ।

अख्तियारको टोलीले कार्यालयमा छापा मार्ने क्रममा भट्टराईलाई पनि नियन्त्रणमा लिएर उनीसँग सम्बन्धित डिभाइस नियन्त्रणमा लिएको थियो । भट्टराई अहिले पनि अख्तियारको तारेखमा छन् । उनका डिभाइसमाथि अझै अख्तियारले अनुसन्धान गरिरहेको बताइन्छ ।

जेठ ६ गते नै मन्त्रालयले मन्त्रालयमा तानेका भट्टराई अहिलेसम्म गृहमा कामविहीन थिए । अहिले आएर उनलाई सामान्यमा सरुवा गर्दै (अतिरिक्त समूह)मा राखिएको हो ।

अख्तियारले भट्टराईबारेको छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ । तर, उनीविरुद्ध अझै अदालतमा मुद्दा दायर भएको छैन ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...