दोहोरो सूचनाले अन्योलमा सरकारी कर्मचारी
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सोमबारका लागि दिइएको ‘सार्वजनिक बिदा’ खारेज गर्यो । अविरल वर्षासँगै बाढी र पहिरोको जोखिमका कारण गृह मन्त्रालयको निर्णय बमोजिम प्रशासनले यस्तो निर्देशन दिएको थियो । प्रशासनको निर्देशन अनुसार अनुसार आज सबै सरकारी कार्यालय खुल्नुपर्थ्यो ।
तर, आज काठमाडौँमा अधिकांश सरकारी कार्यालय खुलेनन् । यहाँसम्म कि सिंहदरबारमा मन्त्रालयमा पनि कर्मचारीको उपस्थिति निकै कम देखिन्थ्यो । सम्बन्धित मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारी बाहेक मन्त्रालयका अन्य कर्मचारीहरू कार्यालयमा उपस्थित थिएनन् ।
सिंहदरबारका मन्त्रालयमध्ये आज ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयमा केही चहलपहल देखिन्थ्यो । अर्थ मन्त्रालयमा विभिन्न विभागका प्रमुखहरू आउट ड्रेसमा आएका देखिन्थे । अन्य मन्त्रालय भने सुनसानजस्तै देखिन्थ्यो, केही मन्त्रालयको भने गेट नै बन्द समेत देखिन्थ्यो ।
वि.सं.२०८२ असोज २० सोमवार १६:३०
















