View Point Long Banner Ad

एमालेभित्र बहस : ओलीकै निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

काठमाडौँ । जेनजी अन्दोलनपछि नेकपा एमालेमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बनेको छ । पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएका वेला संविधान र व्यवस्थामै धक्का पुग्नेगरी भएको परिवर्तन, विध्वंश र फेरिएको राजनीतिक कोर्षपछि नैतिकताका आधारमा ओलीले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब चर्को बन्दै गएको छ । यद्यपि यो बहस पार्टीको कुनै कमिटी र औपचारिक बैठकमा प्रवेश भइसकेको छैन ।

परिवर्तित अवस्थामा नेताहरूबिच आपसी संवाद र छलफलका क्रममा ओलीको विकल्प के, को र कसरी भन्ने प्रश्नको जबाफ नेताहरूपिच्छे नै फरक–फरक सुनिने गरेको छ । एमालेका नेताहरूले गर्ने आन्तरिक कुराकानी, छलफल र बहसमा कतिपयले अप्ठ्यारो अवस्थामा हालको नेतृत्व परिवर्तन गर्न उचित नहुने तर्क गरिरहेका छन् । यो तर्क गर्नेहरूमा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रदीप ज्ञवाली खुलेका छन् । यी तीन बाहेकका नेताहरू भने ओलीले नेतृत्व छाडेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष बनाउँदै महाधिवेशनमा गएर नयाँ नेतृत्व छनोट गर्नुपर्ने लाइनमा छन् । अध्यक्ष ओली भने यी दुवै तर्कलाई स्वीकार गर्ने पक्षमा छैनन् ।

यो बाहेक एमालेभित्र विद्या भण्डारी फ्याक्टरको प्रयास अलि फरक छ । भण्डारी पक्ष आगामी केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई पार्टीमा इन्डोर्स गराउने पहिलो प्रयासमा लागेको छ । यदि यो प्रयास सफल हुन नसके ओलीको विकल्पमा ईश्वर पोखरेललाई अध्यक्षका रूपमा अघि सार्ने यो समूहको तयारी छ ।

एमालेभित्र नेताहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा लगायतका नेताहरू ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । हत्तपत्त नबोल्ने रामबाहादुर थापा ‘बादल’ र अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समेत ओलीको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगिसकेका छन् ।
‘जेनजी आन्दोलनपछि एमालेको हालको सचिवालयमा ओली अल्पमतमा परेका छन्’, एमालेका एक सचिवालय सदस्यले भने, ‘तर उनी अझै पनि नेतृत्व नछाड्ने अडानमा छन् ।’

आन्दोलनपछि असोज दोस्रो साता ओलीको अस्थायी निवास गुण्डुमा बसेको सचिवालय बैठकमा ओलीको प्रस्तुतिमा ओली आफ्नो कमजोरी स्वीकार्न तयार नभएकै कारण उनी अझै नेतृत्वका लागि आकाङ्क्षी देखिएको ती सदस्यको भनाइ छ । केन्द्रीय समितिमा ओली बहुमतमा रहेकाले पनि उनी महाधिवेशनमार्फत पुनः आफैँ अध्यक्ष बन्ने प्रयासमा लागेको कतिपय नेताहरूको भनाइ छ ।

‘विषयलाई महाधिवेशनतर्फ मोड्ने अनि आन्दोलनमा घुसपैठ र षडयन्त्र भयो भन्ने उहाँको तर्क छ । त्यो भनेको म अझै सफल नै छु भन्ने हो, तर त्यो तर्कले अब काम गर्दैन’, नाम उल्लेख नगर्ने सर्तमा एक पदाधिकारीले भने ।

अबको पार्टी बैठकमा एमालेमा रहेको तेस्रो पक्ष अर्थात् पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको भूमिका पनि महत्त्वपूर्ण हुने ठानिएको छ । भण्डारी पक्ष हालको १९ सदस्यीय केन्द्रीय पदाधिकारी बाहेकबाट नेतृत्व छान्नुपर्ने पक्षमा लबिङ गरिरहेको बताइन्छ । यसो गर्दा आगामी महाधिवेशनबाट भण्डारीलाई अध्यक्ष छान्ने र छरिएका कम्युनिस्ट पार्टीहरूलाई समेत एकीकृत गर्न र एउटै पार्टी बनाउन मद्दत पुग्ने उक्त पक्षका नेताहरूको बुझाइ छ । त्यो सम्भव नभए ईश्वर पोखरेललाई अघि सारेर अध्यक्ष बनाउने उनीहरूको योजना रहेको बताइन्छ ।

‘केपी ओलीकै अध्यक्षतामा महाधिवेशन आयोजना गरेर उनलाई बिदा गर्ने वा ईश्वर पोखरेललाई अघि सार्ने भन्नेमा बहस र विमर्श भइरहेको छ’, भण्डारी निकट एक एमाले केन्द्रीय सदस्यले भने, ‘ओलीबाट अब पार्टी अघि बढ्दै बढ्दैन भन्ने धेरै साथीहरूको मत छ । पछिल्लो जेनजी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमको जिम्मेवारी ओलीले लिनुपर्छ । किनभने उहाँ पार्टी अध्यक्ष, दलको नेता र प्रधानमन्त्री भएको अवस्थामा घटना भयो ।’

ती केन्द्रीय सदस्यका अनुसार भदौ २३ र २४ गते भएको घटना ओलीकै भनाइ अनुसार कुनै ‘डिजाइन’मै भयो भनेर विश्वास गर्दा पनि न्यूनतम सूचना राख्न नसक्ने प्रधानमन्त्री वा पार्टी नेतृत्वलाई पूर्ण असफल घोषणा गर्न सक्नुपर्छ ।

‘व्यवस्थापन गर्ने वा एलर्ट गर्ने काम सरकारको हो, नेतृत्वको हो । त्यो नगर्नु भनेको सरकारको नेतृत्वकर्ताको अयोग्यता र तत्–तत् पदमा बसेको व्यक्तिको अयोग्यता नै हो’, ती सदस्यले भने । यो भनाइमा एमालेको बहुमत केन्द्रीय सचिवालय सहमत रहे पनि खुलेर छलफल नभएका कारण यो कुरा ओलीलाई उनीहरूले प्रस्ट भन्न सकेका छैनन् ।

‘अघिल्लो सचिवालय बैठक दसैँको मुख भएकाले पनि धेरै छलफल हुन पाएन । अब बस्ने सचिवालयमा यसबारे खुलेर छलफल हुन्छ’, अर्का पदाधिकारीले भने, ‘असोज २४ गते बस्ने सचिवालय बैठकमा जेनजी आन्दोलन र त्यसको समग्र समीक्षा गर्दै पार्टीको भावी रणनीतिबारे छलफल हुन्छ ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवाली असोज २७ देखि २९ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकमा धेरै विषयमा छलफल हुने बताउँछन् । ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकले सम्भवतः महाधिवेशनको मिति समेत तोक्ने छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...