View Point Long Banner Ad

जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल

 

 

१८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको छ ।

पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई बोलाएर सोधपुछ गरेको छ ।

 

उनकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

बबी सिंहसँग सोधपुछ सप्तरी प्रहरीले घटनाबारे सर्लाही प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि अञ्जनी कुमारको घर खानतलासी गर्दा उक्त पेस्तोल भेटिएको डीएसपी सरोज राईले बताए ।

 

नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुलेको हो ।

सर्लाहीका डीएसपी राईका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी(मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो ।

उनको १२ वैशाखमा भारतको सीतामढीका युवकसँग विवाह हुने तयारी थियो । सोही कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो । यसअघि भिडिओ भाइरल भएपछि नेतृ सिंहले समेत घटना भारतको सीतामढिको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । उक्त पेस्ताल खेलानौ भएको उनको दाबी थियो ।

तर घटना सीतामढीको नभई सर्लाहीको भएको खुलेको छ । बरामद पेस्तोल भने बारुद मात्रै पड्किने किसिमको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिस पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउन्ड ‘हवाई फायर’ गर्दा धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...