नवराज ढुंगाना प्रस्तुतः नयाँ गीत ‘साईली’ सार्वजनिक
काठमाडौं । नेपाली लोकसंगीतप्रेमीका लागि खुसीको खबर गायक तथा संगीतकार नवराज ढुंगानाको नयाँ लोकगीत (साईली) सार्वजनिक गरिएको छ। यो गीतमा नवराज ढुंगाना स्वयं र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतमा (किरण गौतमको शब्द) रहेको छ भने (संगीत नवराज ढुंगानाले) नै तयार पारेका हुन्। बिष्णु तामाङले संगीत संयोजन, (कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ) गरेका छन्। रेकर्डिङ (शंकरा डिजिटल स्टुडियोमा गरिएको हो भने सम्पूर्ण अडियो तथा भिडियो ‘नवराज ढुंगाना अफिसियल)’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियो पक्षमा पनि गीत उत्तिकै आकर्षक छ। सञ्जिव ठकुरीको निर्देशनमा तयार पारिएको भिडियोमा सञ्जिव ठकुरी, सिम्रन दुलाल (कुसुम), सुरज नेपाल र पुष्पा परियारको अभिनय देख्न सकिन्छ। सन्तोष तिमल्सिनाले छायांकन, कल्पेश विश्वकर्माले सम्पादन, र सुहानाले मेकअपको जिम्मेवारी सम्हालेका छन्। भिडियोलाई NS Music Pvt. Ltd. ले पोस्ट प्रोडक्सन गरेको हो।
गीत साईलीमा ग्रामीण जीवनशैली र प्रेमभाव व्यक्त गरिएको छ, जसले श्रोताको मन छुने अपेक्षा गरिएको छ।
वि.सं.२०८२ वैशाख १७ बुधवार १२:०८
















