View Point Long Banner Ad

काठमाडौंमा असिनापानी

 

१४ वैशाख, काठमाडौं । काठमाडौंमा हल्का असिनापानी परेको छ । केहीबेरअघिदेखि बानेश्वर, बबरमहल लगायतका क्षेत्रमा पानीसँगै हल्का असिना पनि परेको हो ।

पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाडौं उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको छ । यसको प्रभाव केही दिन कायम रहने सम्भावना छ ।

 

बादल लाग्ने र पानी पर्ने हुनाले तापक्रम केही घट्ने पूर्वानुमान छ । तापक्रम घट्दा गर्मीबाट केही राहत मिल्ने मौसमविद बताउँछन् ।

 

 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा। विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उनका अनुसार वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने उनले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले काठमाडौं उपत्यका र काभ्रेमा हल्का पानी परिरहेको छ।

आज देशका पहाडी क्षेत्रका केही ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना छ। हिमाली क्षेत्रका एकरदुई ठाउँमा हिउँरपानी पर्ने सम्भावना समेत छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...