रास्वपा केन्द्रीय समितिको बैठक जारी
४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समितिको बैठक जारी छ ।
रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको अध्यक्षतामा केन्द्रीय समिति बैठक सुरु भएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
प्रवक्ता झाका अनुसार बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
साथै महाधिवेशन कार्य विवरण सम्बन्धमा, विशेष रिपोर्टिङ जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणबारे छलफल हुनेछ ।
वि.सं.२०८२ वैशाख ४ बिहीवार १५:५७
















