नन्दप्रसाद न्यौपाने लोकतन्त्रको अनुयायी हुनुहुन्थ्यो ः शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोरखाका नेता स्वर्गीय चन्द्रप्रसाद न्यौपाने नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताएका छन्।
बुधबार काठमाडौँमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली कांग्रेसका नेता स्व। चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण गर्दै यस्तो बताएका हुन्।
उनले स्व। न्यौपानेलाई आफूले नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको उल्लेख गरे। उनले स्व।न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गरेको बताए।
सभापति देउवाले भने, ‘स्व।चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको छु। उहाँहरूको नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान रहेको छ। दाजुको पाइला पछ्याउँदै चन्द्रप्रसाद न्यौपानेले नेपाली कांग्रेसमा सक्रिय भई भूमिका खेल्नुभयो।’
सोही अवसरमा सभापति देउवाले स्व। न्यौपानेका दाजु कृष्णप्रसाद न्यौपानेलाई आफूले जेलमा भेटेको र उनमा धेरै नझुक्ने, जुझारु व्यक्तित्व आफूले पाएको बताए।
वि.सं.२०८२ वैशाख ३ बुधवार १५:२४
















