View Point Long Banner Ad

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२८ चैत, काठमाडौं । बुधबार राति छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सडकमा रोकीराखेको से.१ ख १२६८ नम्बरको मिनी ट्रकमा से.५ प ६९४४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–८ बस्ने ४५ वर्षीय अमर बमको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी इलामको इलाम नगरपालिका–७ जिरोस्थित सडकमा को। १ त ७३४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक इलाम घर भएका ४० वर्षीय सुवास तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।

 

यस्तै रौतहटको राजपुर नगरपालिका–३ महमद टोलस्थित सडकमा मधेश प्रदेश ०३–००२ ह ६३८६ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने रोज उमैरका ३ वर्षीय छोरा शेख अजुल्लानको बुधबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको आशीर्वाद अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं, धादिङ र कैलालीमा ३ जना मृत फेला

यसैबीच काठमाडौं महानगरपालिका–३१ शंखमूल डेरा गरी बस्ने मोरङ विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल आफ्नै कोठमा बुधबार मृत फेला परेका छन् ।

यसैगरी धादिङको गजुरी गाउँपालिका–२ डुडेठाटी बस्ने ६० वर्षीय चुडामणी कँडेल, अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ दुर्गाफाँटस्थित प्रतिक्षालयमा सोही ठाउँ बस्ने गुल्मी छत्रकोट गाउँपालिका–५ रूम्जाकोट घर भएका ६८ वर्षीय मोतिराज पौडेल मृत फेला परेका छन् ।

यसैगरी कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकास्थित कर्णाली नदीमा पनि एक महिला बुधबार मृत फेला परेका छन् । उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...