View Point Long Banner Ad

पूर्वराजा ज्ञानेन्द्र भाँडभैलो मच्चाएर शासन हत्याउन चाहन्छन् ः गगन थापा

 

२० चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा भाँडभैलो, उत्पात मच्चाएर शासन–सत्ता हत्याउन चाहेको बताएका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित रुपन्देही क्षेत्र नम्बर ५ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा महामन्त्री थापाले काठमाडौंको तीनकुनेमा १५ चैतमा देखिएको घटनाले पूर्वराजाको नियत स्पष्ट पारेको बताएका हुन् ।

 

‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाएर, भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहनुहुन्छ । आफ्नो हातमा शासन सत्ता लिएर चलाउन चाहनुहुन्छ । यसमा लुकेको केही छैन,’ उनले भने, ‘तर उहाँको चाहना पूरा हुँदैन ।’

नेपालको राजतन्त्र बेलायतको जस्तो मर्यादित भएर बस्न नसक्ने पटकपटक पुष्टि भएको बताएका महामन्त्री थापाले कि राजाको शासन, कि जनताको शासन रोज्नु पर्ने अवस्थामा नेपाली कांग्रेसले जनताको शासन रोजेको स्पष्ट पारे ।

 

‘यहाँको राजसंस्था बेलायतको जस्तो होइन रहेछ, संवैधानिक भएर बस्न पटकपटक मौका दिँदा पनि यहाँका राजाहरूले शासन हातमा लिइरहे । त्यसपछि हामीसँग दुई विकल्प थिए, राजाको शासन, कि जनताको,’ थापाले भने, ‘अनुभव, विवेक र ज्ञानको आधारमा नेपाली कांग्रेसले अधिवेशनबाटै संवैधानिक राजतन्त्र भन्ने विधानमा रहेको व्यवस्था बदलेर गणतन्त्र लेखेको हो ।’

बीपी, गणेशमानदेखि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासम्मलाई राजाले पटकपटक दुःख दिएको उनको भनाइ थियो ।

‘राजा त्रिभुवन नेपाल छाडेर भारत जाँदा बीपीले त्यतै छोडेर आउन पनि सक्नु हुन्थ्यो । तर, उहाँ त्रिभुवनलाई लिएर आउनु भयो । राजा महेन्द्रले २०१७ सालमा ‘सैनिक कू’ गर्दै जननिर्वाचित प्रधानमन्त्रीलाई आठ वर्ष जेल हाले । बीपी र गणेशमानले जति नै दुःख पाए पनि हामी संवैधानिक राजतन्त्र चाहन्छौं भनिरहनुभयो,’ विगत सम्झँदै थापाले भने, ‘दरबार हत्याकाण्डपछि ढुंगामुढा खाएर घाउचोट सहेर गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्रलाई राजगद्दीमा बसाएकै हो । तर, उनी संवैधानिक बस्न तयार भएनन् र माघ १९ को कदम चाले ।’

माघ १९ को कदम चाल्नु अघिल्लो दिन शेरबहादुर देउवाले राजालाई भेटेर अरु जे गरे पनि प्रजातन्त्र नमास्न आग्रह गरेको चर्चा गर्दै थापाले भने, ‘भोलिपल्टै तिनै राजाले देउवालाई नै जेल हाले ।’

कलिलो उमेरमा आफू पनि राजातन्त्रको समर्थक रहेको भन्दै थापाले भने, ‘दरबार हत्याकाण्डमा राजा वीरेन्द्र मारिँदा १३ दिनसम्म यो कपाल खौरिएर पशुपतिको पारिपट्टी दिनभर बसेर फर्किन्थें । अभिभावक गुमाएकोजस्तो लाग्थ्यो,’ राजतन्त्रले दिएका दुःख सम्झँदै उनले भने, ‘मलाई पहिलोपटक राजद्रोहको मुद्दा लागेपछि अदालतमा संविधान मान्छु, राजतन्त्र मान्छु भनेर बयान दिएको थिएँ । तर, दोस्रोपटक पनि राजद्रोहको मुद्दा लगाएपछि संविधान मान्दिनँ, राजतन्त्र मान्दिनँ भनेर बयान दिएँ । कलिलो उमेर थियो । तर, एक, दुई वर्षको अन्तरालमै जे अनुभव गरियो, त्यसले अब राजा बोक्न सकिँदैन भन्ने स्पष्ट बनायो ।’

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...