View Point Long Banner Ad

आशुको हत्यारा पक्राउको माग गर्दै जनकपुरजलेश्वर सडकखण्डमा चक्काजाम

१३ चैत, काठमाडौं । होलीको दिन छुरा प्रहार गरी हत्या भएको घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतक परिवार र स्थानीयले जनकपुर जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडानम्बर २३ स्थित बिन्दीमा स्थानीयहरूले चक्काजाम गर्दै प्रदर्शन गरिरहेका छन् । तीन घण्टादेखि त्यहाँ चक्काजाम छ ।

 

चैत २ गते होली खेल्दा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बितत्स हत्या गरेका थिए ।

घटनालगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । तर, उनलाई छुरा दिने स्थानीय रामवरण महत्वका छोरा राकेश महतोलगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन्।

 

घटनाको दुई साता पुग्दासमेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्।

छ महिनाअघि अर्चनाका श्रीमान् पप्पुको मृत्यु भएको थियो। उनका एक्ला छोरा गुमेपछि अर्चना सहाराविहीन बनेकी छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार साँझ ५ बजेतिर धर्मेन्द्रले छाती, ढाड र पेटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशुको जनकपुर प्रादेशिक अस्पतालमा करिब ६ बजे मृत्यु भएको थियो ।

धर्मेन्द्रलाई प्रहरीले छुरासहित तत्कालै पक्राउ गरिसकेको छ ।

आशुकी काकी संगीता यादवका अनुसार धर्मेन्द्रले घरबाट बोलाएर छुरा प्रहार गरी आशुको बिभत्स हत्या गरेका हुन् ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...