View Point Long Banner Ad

विद्युत् प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा, एमाले कार्यकर्ताले पिटे कार्यालय प्रमुख

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन्।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कुटपिट गर्नेविरुद्ध लिखित उजुरी गर्न भनेको र उजुरी आएपछि संलग्नलाई कारबाही गर्ने बताए।

प्रधानमन्त्रीविरुद्ध कार्यालयको डिजिटल बोर्डमा कसरी उक्त नारा डिस्प्ले भयो भन्ने पनि २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रजिअ पौडेलले जानकारी दिए।

 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो।

त्यही विषयको विरोधमा एमाले कार्यकर्ता कार्यालयमा पुगेका थिए। त्यसक्रममा उनीहरूले श्रेष्ठमाथि हातपात गरेका हुन्। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए।

उनलाई प्रमुख जिल्ला अधिकारीले ह्याकिङ भएको हो भने त्यही अनुसार विज्ञप्ति जारी गर्नुस् भनेको तर उनले विज्ञप्ति पनि ननिकालेको प्रजिअ पौडेलले बताए।

‘घटना जे भएको हो त्यो उल्लेख गरेर गल्ती स्वीकार गर्दै संलग्नलाई कारबाही गर्ने कुरा उल्लेख गरेर विज्ञप्ति जारी गर्न भने पनि उनले विज्ञप्ति ननिकालेपछि विहानै कार्यकर्ता पुगेर लफडा गरेछन्। पछि त प्रहरीसहित म पनि पुगिसकेको थिएँँ’, प्रजिअ पौडेलले नेपालखबरसँग भने।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो।

त्यही विषयको विरोधमा एमाले कार्यकर्ता कार्यालयमा पुगेका थिए। त्यसक्रममा उनीहरूले श्रेष्ठमाथि हातपात गरेका हुन्। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए। उनलाई प्रमुख जिल्ला अधिकारीले ह्याकिङ भएको हो भने त्यही अनुसार विज्ञप्ति जारी गर्नुस् भनेको तर उनले विज्ञप्ति पनि ननिकालेको प्रजिअ पौडेलले बताए।

‘घटना जे भएको हो त्यो उल्लेख गरेर गल्ती स्वीकार गर्दै संलग्नलाई कारबाही गर्ने कुरा उल्लेख गरेर विज्ञप्ति जारी गर्न भने पनि उनले विज्ञप्ति ननिकालेपछि विहानै कार्यकर्ता पुगेर लफडा गरेछन्। पछि त प्रहरीसहित म पनि पुगिसकेको थिएँँ’, प्रजिअ पौडेलले भने।

 

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...