View Point Long Banner Ad

राणा र राजाको पालामा तीन गुणा बढी भ्रष्टाचार हुन्थ्यो ः बाबुराम भट्टराई

९ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष डा. बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्न नदिने गरेको बताएका छन् ।

जनकपुरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा। भट्टराईले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुन्थ्यो। तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे।’

 

त्यतिबेला आफ्ना गलत अभ्यास लुकाउन नागरिकलाई शिक्षाको अवसरबाट समेत बञ्चित गर्ने गरिएको उनले बताए । ‘जनतालाई शिक्षित नै गराइएन। अहिले जनता पढ्न(लेख्न पाएका छन्। केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो’ उनले भने, ‘राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो।’

राजतन्त्रलाई भूतको संज्ञा दिंदै भट्टराईले भ्रम बोकेर हिंड्न नहुने बताए । उनले भने, ‘राजतन्त्र भूत हो— भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिंड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’

 

लोकतन्त्रको रक्षा सबै मिलेर गर्नुपर्ने र पछाडि फर्कन नहुनेमा पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले जानकारी दिए । ‘हामी पछाडि फर्किने कुरा हुँदैन्। मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ,’ उनले भने ।

डा। भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने, र सरकार छान्ने अवसर दिएको उल्लेख गरे।

‘अब जनताले नेताहरू छान्ने मात्रै होइन, विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम नेताहरूलाई चयन गर्नुपर्छ’ उनले भने, ‘राजतन्त्र फिर्ता ल्याएर पञ्चायती शासन चलाउने सपना देख्नेहरू आफैं द्विविधामा छन् र सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ।’

डा। भट्टराईले पुराना दलहरूबाट अब कुनै परिवर्तन सम्भव नरहेको जिकिर गरे । ‘गाडी लिएर समुद्रको किनारसम्म पुग्न सकिन्छ, तर समुद्र पार गर्न जहाज नै आवश्यक पर्छ। त्यसैले अब पुराना पार्टीहरूले देशलाई कुनै नयाँ उपलब्धि दिन सक्दैनन्’ उनले भने, ‘बेरोजगारी हटाउन, वैज्ञानिक र प्राविधिक शिक्षा प्रवर्द्धन गर्न, तथा आर्थिक क्रान्ति ल्याउन वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्छ।’

पार्टीको प्रथम महाधिवेशनको भाव सम्प्रेषण कार्यक्रमका लागि भट्टराई जनकपुर पुगेका हुन् ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...