View Point Long Banner Ad

अदालत परिसरमै रविलाई पत्रकारले ‘तपाईं राजावादी हो ?’ भनेर र्‍याखर्‍याख्ती पारे

काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा ५७ दिन बिताएर धरौटीमा छुटेयता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुनै पनि विषयमा न सञ्चारमाध्यममा बोलेका छन् न सामाजिक सञ्जालमै लेखेका छन्।

विभिन्न सहकारी ठगीको मुद्दा लागेका पूर्वगृहमन्त्री लामिछाने अहिले तारेख बुझ्न विभिन्न जिल्ला अदालत धाइरहेका छन्। यस क्रममा उनलाई सञ्चारकर्मीहरूले बोल्न कैयौँपटक कर गरेका छन्।

तर हरेकपटक उनले ‘मेरो बोल्ने समय आइसकेको छैन, आएपछि अवश्य बोल्नेछु’ भनेर टार्ने गरेका छन्।

 

तर शुक्रबार काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिन उच्च अदालत पाटन पुगेका उनलाई पत्रकारहरूले बोल्न बाध्य पारे। उनीहरूले र्‍याखर्‍याख्ती पार्दै सोधे( रवि लामिछाने राजावादी रहेछ भनेर चर्चा गरियो हजुर नबोल्दै गर्दा। के हो खास रास्वपाको लाइनरु

तर लामिछानेले स्पष्ट जवाफ दिएनन्।

उनले भने, ‘म आवेग र उत्तेजनामा छैन। किनभने मुलुक एउटा गम्भीर अवस्थामा आएको छ, एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले र नेपाली जनताले आशा र भरोसाका साथ हेरेको एउटा दलका हिसाबले, त्यसको नेतृत्वकर्ताका हिसाबले म कुनै आवेगमा वा उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन। त्यसकारणले मलाई थाहा छ तपाईंहरूको प्रश्नको आशय, र त्यसले कुन अर्थ लाग्छ भन्ने कुरामा पनि म एकदम जानकार छु।

त्यसकारणले फेरि पनि यहाँहरूलाई विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु– यो देशको भविष्य मेरो पुस्ताको, तपाईं हाम्रो पुस्ताको हातमा छ। म तपाईंलाई हेडलाइन दिन्नँ चिन्ता नगर्नुस्। को कसको पक्षमा विपक्षमा गयो भन्ने कुरा होइन। दुईतिहाइको सरकार छ। अस्ति पनि भनेको थिएँ मैले। यो दुईतिहाइको सरकारले देशका तमाम समस्या समाधान गर्नुपर्ने थियो, एउटै कुरा तपाईंलाई स्मरण गराउन चाहन्छु– मैले पार्लियामेन्टमा भनेको थिएँ– जब बिना कुनै विषम परिस्थिति दुइटा ठूला राजनीतिक दलहरू मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयाभव हुन्छ तपाईंहरूलाई अन्दाज छ भनेर मैले भनेको थिएँ नि१ अहिलेलाई म त्यही स्मरण गराउन चाहन्छु। अहिले म सरकारको लाज छोप्न विभिन्न अदालत धाइरहेको छु। समय आउँदै छ, चाँडै नै, म सबैलाई प्रतीक्षा गर्न अनुरोध गर्छु।’

हालै रास्वपाका संस्थापक महामन्त्री डा मुकुल ढकालले सामाजिक सञ्जालमा लेख्दै रवि लामिछाने राजतन्त्रका पक्षमा रहेको आरोप लगाएका थिए।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...