View Point Long Banner Ad

पर्सामा जाहेरी लिन नमान्दा प्रहरीबाटै कुटिए वडाध्यक्ष

 

८ चैत, काठमाडौं । प्रहरी कर्मचारीबाटै पर्सामा एकजना वडाध्यक्ष कुटिएका छन् । वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले कुटपिट गरेको हो ।

आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् । घटना २९ फागुनको राति सवा ९ बजेतिरको हो ।

 

वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा गएका बेला आक्रमण भएको वडाध्यक्ष चर्तुवेदीको भनाइ छ ।

आफूमाथि ६र७ जनाको समूहले आक्रमण गरेको उनको भनाइ छ । सीसीटीभी फुटेजमा समेत आक्रमण भएको देखिन्छ । पार्टी प्यालेसमा खानपिन भएरहेका बेला एक समूह हो–हल्ला गर्दै वडाध्यक्षमाथि आक्रमणमा उत्रिएको दाबी गरिएको छ । सीसीटीभी फुटेजमा वडाध्यक्ष चतुर्वेदीसहित चार जना खानपानमा व्यस्त रहेको देखिन्छ ।

 

त्यही समयमा निलो ज्याकेट लगाएका व्यक्ति उनीहरू भएको ठाउँ नजिक आइपुग्छन् । बसेर खाइरहेका चारमध्ये एक जना उठेर निलो ज्याकेट लगाएका व्यक्तिलाई बाहिर पठाउन खोजेको फुटेजमा देखिन्छ । फोनमा कुरा गर्दै आएका ती व्यक्ति बाहिर जान मान्दैनन् र भित्र पस्छन् । उनकै पछिपछि अरू व्यक्ति पनि आएको देखिन्छ ।

यही मौकामा पार्टी प्यालेसको अर्को ढोकाबाट एक हुल मान्छे जबरजस्ती भित्र प्रवेश गरेको देखिन्छ । त्यही समूहले वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको फुटेजमा देखिन्छ । उक्त आक्रमण गर्ने समूहमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सईसमते रहेको आरोप छ । त्यहाँ दुई पक्षबीच अन्धाधुन्दा आक्रमण हुन्छ । आक्रमणबाट घाइते भएका वडाध्यक्ष चतुर्वेदी उपचारपछि अहिले घर फर्केका छन् ।

आफूमाथि प्रहरीका वरिष्ठ सई समेतले आक्रमण गरेको भन्दै वडाध्यक्ष चर्तुवेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन समेत दिएका छन् । नेपाल प्रहरीका वरिष्ठ सई सागरशमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज–१० कै वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज–११ का ४२ वर्षीय भुषण यादव, वीरगञ्ज–३२ का भुसाल चौरसिया, वीरगञ्ज–६ का ३७ वर्षीय विक्की गुप्ता, वीरगञ्ज–१० का लखनलाल गुप्तासहितले आफूमाथि आक्रमण गरेको दाबी गर्दै उनले प्रहरीमा निवेदन दिएका छन् ।

४ चैतमा उजुरी दिए पनि प्रहरीले अहिलेसम्म तदरुकता देखाएर कारबाही नगरेको उनको गुनासो । ‘उजुरी दिएका एक हप्तापछि बल्ल एसपी सापले बोलाउनु भएको छ । आज प्रहरी कार्यालय जान्छु, त्यसपछि मात्रै के हुन्छ भन्ने थाहा होला,’ उनले भने ।

यसअघि आफूमाथि साइबरको मुद्दा चलेको र त्यहीको बदलाका कारण आक्रमण गरिएको हुनसक्ने वडाध्यक्ष बताउँछन् ।

यता घटनाबारे प्रहरीले छानबिन गरिरहेको मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले बताए । ‘प्रहरीकै सई समेत संलग्न भएको सीसीटीभी फुटेजमा देखिएको भनिएको छ । प्रहरी हुने बित्तिकै जोगाउन लाग्यो भन्ने होइन,’ डीआईजी आचार्यले अनलाइनखबरसँग भने, ‘दुई पक्ष नमिलेको अवस्थामा प्रहरी नै भए पनि कानुन बमोजिम कारबाही हुन्छ । त्यसका लागि निर्देशन समेत दिइसकेको छु ।’

होलीको दिनको घटना भएकाले सामान्य वादविवादको विषय भए छलफल गरी मिलापत्र पनि हुनसक्ने भयो । तर उजुरी नै आएको र मिलापत्र नभएको अवस्थामा कानुन बमोजिम अघि बढ्ने उनी बताउँछन् ।

यता वडाध्यक्षमाथि आक्रमण गरको आरोप लागेका वरिष्ठ सई राणा लामो समय तराईका क्षेत्रमा सादा पोशाकमा बसेर काम गरेका प्रहरी हुन् । लामो समय तराईमा बसेका घुमुवाहरूलाई हटाउने नीति अनुसार तत्कालीन आईजी कुँवरले बरिष्ठ सई राणालाई पनि तराईबाट हटाएका थिए ।

पहाडी जिल्लामा सरुवा भएका राणा पछिल्लो समय भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सादा पोशाकको रूपमै कार्यरत थिए । उनी होलीको बेला बिदा लिएर बसेकोले रानीपोखरीका एआईजी टेकबहादुर तामाङ बताउँछन् ।

कुटपिट घटनामा संलग्न रहेको भन्ने भिडिओ बाहिरिएपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समेत उनलाई रमाना दिएर बिदा गरिसकेको प्रहरी स्रोतले बतायो ।

उहाँलाई रमान दिएर बिदा गरिसकेका छौं । ‘जनकपुरमा दरबन्दी रहेको भन्ने बुझिएपछि उतै पठाएका हौं,’ रानीपोखरीका एक अधिकृलते भने । राणासँग सम्पर्क खोज्दा उनको मोबाइल भने स्वीच अफ छ ।

कुटपिटको आरोप लागेका वीरगञ्ज–१० का वडाध्यक्ष कानु भने भिडिओ तोडमोड गरेर आफूहरूलाई दोषी देखाउन खोजिएको दाबी गर्छन् ।

‘हाम्रो मान्छेकै चार वटा औंला भाँचिएको छ, त्यो चाहिँ कुरै छैन । भिडिओ एक पक्षीय मात्रै काटेर प्रचार गरिएको छ,’ वडाध्यक्ष कानुले दाबी गरे ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...