View Point Long Banner Ad

स्वर्गद्वारी गुठी किसानका समस्याप्रति संसदीय समितिको चासो

४ चैत, काठमाडौं। स्वर्गद्वारी गुठी किसानका समस्याप्रति संसदीय समितिको चासो देखाएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यो विषयमा छलफल चलाउँदैछ ।

समितिको बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको छ । समितिको बैठकको कार्यसूची छ–नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहिन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगति लगायतका विषय ।

 

यो विषयमाथिको छलफलमा संसदीय समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र मन्त्रालयका सचिवलगायतका अधिकारीलाई समेत बोलाएको छ ।

दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसानहरू गत माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा छन् । उनीहरूको मागको विषयमा सरकार गम्भीर नभएको भनेर संसदमा समेत सरकारको आलोचना भइराखेको छ ।

 

यही बेला संसदीय समितिले स्वर्गद्वारी गुठी किसानका समस्याप्रति चासो देखाएको हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...