View Point Long Banner Ad

राजावादीको सक्रियताप्रति समाजवादी मोर्चाको टिप्पणी– परिस्थिति गम्भीर र जटिल

१ चैत, काठमाडौं । समाजवादी मोर्चाले राजावादीहरुको सक्रियतालाई ‘गम्भिर’ र ‘परिस्थिति जटिल बनाउने कसरत’ भनेर निष्कर्ष निकालेको छ । त्यसैले राजसंस्थाको पक्षधरहरुलाई जवाफ दिन चैत १५ गते काठमाडौंमा ‘भव्य’ प्रदर्शन गर्ने निर्णय मोर्चाले गरेको छ ।

गत फागुन २५ गते राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्था पक्षधर समूहले काठमाडौंमा भव्य प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।

 

राजसंस्थाको पक्षधरको सक्रियता र आगामी कार्यक्रमबारे छलफल गर्न आज बिहान मोर्चाको बैठक बसेको थियो । बैठकपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपा नेता खड्कबहादुर विश्वकर्माले पत्रकारहरुसँग भने, ‘हाम्रो निष्कर्ष के छ भने परिस्थिति एकपछि अर्को जटिल बन्दै गइरहेको छ र जटिल बनाउने कसरतरहरु भइराख्या छन् ।’

त्यसैले गणतन्त्र पक्षमा मोर्चाले प्रदर्शन गर्न लागेको उनको भनाइ थियो ।

 

यसका लागि बुद्धिजीवी र नागरिक समाजसँग ललितपुरको होटल हिमालयमा शनिबार बिहान ११ बजे छलफल गर्ने र छलफल सकिएलगत्तै पत्रकार सम्मेलन गरी चैत १५ को कार्यक्रमबारे जानकारी दिने निर्णय मोर्चाले गरेको छ ।

राष्ट्रिय स्वाधिनता र गणतन्त्रको रक्षाका लागि अन्य दलसँग पनि छलफल गर्ने मोर्चाले जनाएको छ ।

यही चैत १५ को गर्ने प्रदर्शनलाई ‘भव्य’ बनाउने निर्णय गरेको नेता विश्वकर्माले बताए । मोर्चाका नेता विश्वकर्माका अनुसार प्रदर्शनमा ‘हजारौं’ जनताको सहभागितालाई सुनिश्चित गर्ने तयारी छ ।

 

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...