फरार अभिनेता पल शाहले गरे आत्मसमर्पण
अभिनेता पल शाह पक्राउ परेका छन्। उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए। पल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, तनहुँले पुष्टि गरेको छ।
एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह ५ दिनयता फरार थिए। शाहविरुद्ध ती गायिकाले गत बुधबार जाहेरी दिएकी थिइन्।
वि.सं.२०७८ फागुन १५ आइतवार १२:५६
















