View Point Long Banner Ad

हनुमानढोकामा मृत भेटिएका व्यक्तिको हत्या भएको खुल्यो, २ जना पक्राउ

८ फागुन, काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानमा मृत भेटिएका व्यक्तिको हत्या गरेको खुलेको हो । मृतक व्यक्तिको सनाखत नहुँदा प्रहरीमा जाहेरी परेको छैन ।

 

बिहानीपख शव फेला परेको भन्दै प्रहरीलाई खबर आएपछि परिसर काठमाडौंको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा खटिएको थियो । सो क्रममा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।

सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले हत्या स्वीकार गरेको परिसरका एक अधिकृतले बताए । ती अधिकृतका अनुसार पक्राउ परेकाहरुले बाँसको भाभटाले टाउकामा हानेर हत्या गरेको बयान दिएका छन् । उनीहरुले हत्यामा प्रयोग गरेको बाँस पनि फेला परेको छ ।

 

पक्राउ परेका दुवै जना १८ वर्षमुनिका रहेकाले उनीहरुको नाम सार्वजनिक गरिएको छैन । पक्राउ परेकाहरुको भनाइ अनुसार घटना बुधबार रातिको हो ।

मन्दिर अगाडि बसिरहेको अवस्थामा मृतक युवकले विना कारण थप्पड हानेपछि आफूहरुले पनि बाँसको भाडाले हानेको आरोपितको भनाइ छ । उनीहरुलाई हनुमानढोकास्थित एक घरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...