View Point Long Banner Ad

नेपालमा गरेको सहयोगलाई ट्रम्पले ठगी भनिदिए, अब सतर्क बनौं ः शेखर कोइराला

 

८ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले देशको राजनीतिक र आर्थिक सुधारको अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको टिप्पणी गर्दै सतर्क भएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन् ।

बिहीबार सुर्खेत पुगेका नेता कोइरालाले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अमेरिकाले रोकेका सहयोग परियोजनाका कारण अझै धेरै सतर्क हुनुपर्ने अवस्था आएको जिकिर गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भइरहेका अमेरिकी परियोजनाहरू रोकिएसँग नेपालले पनि पुनर्विचार गर्नुपर्ने बताए ।

‘अहिले नेपालको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर अवस्थामा छ । अत्यन्त गम्भीर अवस्थामा छ नेपाल । झन् अहिले आर्थिक अवस्था त नाजुक अवस्थामा छ । यही बेला अमेरिकाको राष्ट्रपतिले जुन पैसा दिएको छ त्यसलाई फ्रड ९ठगी० भनिदिनुभएको छ,’ कोइरालाले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने ‘तीन महिनाका लागि त रोकेको छ, त्यो रकम । कति रोक्नुहुन्छ, दिनुहुन्छ वा दिँदै दिनुहुन्न त्यो भोलिको कुरा हुन्छ । तर, हामीले पनि एउटा के कुरा बुझ्नुपर्छ भने अब बेल्ट टाइट गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’

 

अमेरिकी सहयोग नियोग ९यूएसएड० को सहयोगमा सञ्चालित सहयोग कार्यक्रम अमेरिकी राष्ट्रपति ट्रम्पले तत्कालका लागि रोकेका छन् ।

यसबारे थप चर्चा गर्दै कोइरालाले भनेका छन्, ‘यूएसडको बारेमा मेरो भिन्नै ओपिनियन विचार छ । अब हामी सतर्क हुनुपर्छ । शिक्षा, स्वास्थ्यमा ४०र५० वर्षदेखि सहयोग गरिरहेको छ । अहिले पनि सपोर्ट गरेरै जानुपर्छ ।’

त्यस्तै, अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०को अनुदान पनि रोकिएको छ ।

यस्ता विषयमा भने सरकारले पुनर्विचार गर्न सक्नुपर्ने कोइरालाको भनाइ थियो । ‘तर, अरु धेरै शीर्षक जुन छ, त्यसमा नेपाल सरकारले रि थिंक ९पुनर्विचार० गर्न सक्नुपर्छ,’ उनले भने ।

 

यस्तो विषयमा संयमित भएर अघि बढ्दा मात्रै राष्ट्रलाई फाइदा पुग्ने कोइरालाको भनाइ थियो ।

फरक प्रसंगमा कोइरालाले अहिले देशमा आर्थिक सुधार नाजुक अवस्थामा भएको, सुशासन हुँदै नभएको जस्तो देखिएको बताए ।

‘आर्थिक सुधारको अवस्था अत्यन्तै नाजुक अवस्थामा छ । सुशासन छँदै छैन भनेपनि हुन्छ । त्यो अवस्थाबाट देश गइरहेको अवस्थामा दुई ठूला दल एक ठाउँमा उभिएका छौं,’ कोइरालाले भने, ‘राजनीतिक स्थिरता, आर्थिक विसंगतिलाई राम्रो बनाउन र सुशासनलाई अघि बढाउन मिलेका हौं ।’

उनले केही मान्छेहरू दुई ठूला दल मिल्दा निरंकुशता हुने भन्दै टिप्पणी गरिरहेको भन्दै उक्त विषय स्वभाविक भएको पनि बताए ।

‘एकथरी साथीहरूको भनाइ दुई ठूला दल मिल्दा निरंकुशता हुन्छ भन्नुहुन्छ, त्यो स्वभाविक पनि हो । निरंकुशताबाट रोक्नका लागि जो सरकारमा हुनुहुन्छ, कर्णाली प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा छन्, जो बाहिर साथीहरू छन् उहाँहरूले खबरदारी गर्दै गर्नुपर्‍यो,’ कोइरालाले भने ।

आफूहरू केन्द्रमा खबरदारी गरिरहेको सुनाउँदै उनले प्रदेशमा पनि सत्ताबाट भइरहेका नराम्रा कामहरूको विरोध गर्न कार्यकर्ताहरूलाई निर्देश गरे ।

‘हामी केन्द्रमा खबरदारी गरिरहेका छौं । भोलि एमालेको प्रतिनिधि को हुन्छ, कर्णाली प्रदेशमा नेपाली कांग्रेस । मन्त्रीहरूले त मिलेरै जानुपर्छ,’ उनले भने, ‘तर जो हामी बाहिर छौं, जो सरकारमा छैनौं, तर सत्तामा छौं । उनीहरूलाई खबरदारी गरिएन भने भोलि निरंकुशतातिर जानसक्छ कि भन्ने चिन्ता लागेको हो ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...