View Point Long Banner Ad

आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’

 

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ सुरु गर्ने भएको छ । केन्द्रीय नेताहरूलाई सबै प्रदेशमा खटाएर रास्वपाले संवाद गर्न लागेको हो ।

समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग भेटघाट र संवाद गरिने रास्वपाले जनाएको छ ।

 

केन्द्रीय नेता हरेक प्रदेशमा पुगेर समाजका अगुवा, व्यवसायी, अभियन्ता, लेखक, विज्ञ, लगायतसँग संवाद गरिने रास्वपाले जनाएको छ । समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग संवाद हुने गण्डकीका लागि जिम्मेवारी पाएका नेता शिशिर खनालले जानकारी गराए ।

‘उहाँहरूको अहिलेको राजनीतिप्रतिको बुझाई संवाद हुन्छ । संवादको क्रममा सरकारले राखेको राजनीतिक प्रतिशोधको जानकारी गराउँछौं,’ खनाल भन्छन्, ‘संवाद र छलफल संगठन निर्माणको कार्यपनि हो ।’

संवादका लागि सुदूरपश्चिममा दिपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिन कुमार आचार्य, गण्डकीमा शिशिर खनाल, वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशीमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

संवादबाट प्राप्त सल्लाह सुझावहरूलाई मूलधारको राजनीति निर्माणको लागि महत्त्वपूर्ण हुने अपेक्षा रास्वपाले राखेको छ ।

संवादका क्रममा सरोकारवालाहरुले उठाएका विषयमा रहेर खटिएका नेताहरुले केन्द्रमा प्रदेशगत प्रतिवेदन बुझाउने छन् । यस प्रकारको संवाद आवश्यकता अनुसार चरणबद्ध गरिने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...