आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ मा दफावार छलफल हुँदै छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।
वि.सं.२०८१ माघ २९ मंगलवार १०:१४
















