कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनमा ६ जनाको आवेदन
२३ माघ, काठमडौं । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनको लागि ६ जनाको आवेदन परेको छ ।
दुई जना सहायक डिनको लागि ६ जनाको आवेदन परेको हो । जसमा दुई जना महिलाको पनि आवेदन परेको छ ।
त्रिविमा पछिल्लो समय महिलाको आवेदन नपरेको विषय उठ्ने गरेको थियो । यसपटक डा.रमा पौडेल र डा.हुमा न्यौपानेको आवेदन परेको हो । त्यसैगरी आवेदन दिनेमा डा.पुष्पराज पौडेल, डा.मुक्तिराम पौडेल, डा.राम भजन मण्डल र डा.शम्भु शाहको आवेदन परेको हो । उनीहरूको अन्तर्वार्ता २७ माघमा हुनेछ ।
वि.सं.२०८१ माघ २३ बुधवार ११:३१
















