View Point Long Banner Ad

ओलीबारे माधवको टिप्पणी ःसंसदै भंग गरेर ठेलेको ठेलै ६ वर्ष बस्ने सोच्नु भएको छ कि?

 

काठमाडौं । संविधान संशोधन २०८७ सालमा मात्रै गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिप्पणी गरेका छन्।

शुक्रबार दिउँसो सिंहदरबारमा विपक्षी दलहरूसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले पनि संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल बनाइसकेको बताए।

तर प्रधानमन्त्री ओलीले नै संविधान संशोधन ०८७ सालपछि मात्रै हुन्छ भनि दिएको अभिव्यक्तिको प्रशंगमा नेपालले भने, ‘संसदै भंग गर्ने मान्छेले संसद भंग गरेर ठेलेको ठेलै गरेर अर्को ६ वर्ष बस्ने भनेर सोच्नु भएको छ कि, थाहा भएन।’

उनले थपे, ‘२०८७ सम्म बस्ने उहाँको चहना होला। हेरौँ ०८७ सम्म चुनावै नगरी बस्ने हो कि त्यसलाई पनि मान्छेले प्रस्न खडा गर्छन्।’

संविधान संशोधनको विषयमा आफ्नो पार्टीले पनि कार्यदल बनाइसकेको र संविधान संशोधन गर्नु पर्ने कुराहरु रहेको नेपालले बताए।

‘केही न केही मिलाउनुपर्छ। स्थानीय निकाय होस् प्रदेश सभाको कुरा होस्। प्रादेशिक संरचनाको कुरा होस् वा केन्द्रीय संरचनाभित्रकै केही कुरा हुन्। के के विषयमा संशोधन गर्नुपर्छ त्यो पनि हामी छलफल गरौँला’, नेपालले भने, ‘त्यसमा हाम्रा आफ्नै धारणाहरू छन्। कोही पत्यक्ष निर्वाचन भन्छन्, कोही पूर्ण समानुपातिक भन्छन्। सबै विषयमा सबैका कुरा सुन्न पनि पर्यो। सुन्न हामी तयार छौँ। हामी पनि एउटा धारणा बनाउँछौँ अनि छलफल गरौँला।’

संविधान संशोधनको कुराबाट वर्तमान प्रधानमन्त्री पछाडी हटेको मिडियामा सुनेको पनि नेपालले बताए।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...