View Point Long Banner Ad

सुप्रिम सहकारीमा रवि र छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय, जनही चार करोडभन्दा बढी बिगो

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीको दोस्रो चरणको अनुसन्धान पनि प्रहरीले टुंगो लगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा अनुसन्धान प्रतिवेदन बुझाएको बताए।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले अनुसन्धान प्रतिवेदन प्राप्त भएको बताउँदै अभियोजनका लागि तयारी गरिरहेको बताए।

पुरक अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय छ। दोस्रो चरणमा प्रतिवादी बनाइएकामा रवि र छवि बाहेक ६ जना इलाका प्हरी कार्यालय बुटवलको हिरासतमा छन्।

यसअघिको पहिलो चरणको अनुसन्धानमा २८ जनाविरुद्ध अभियोग दर्ता भएको थियो। दोस्रो चरणको अनुसन्धानपछि यो मुद्दाको बिगो पनि थप भएको छ। पहिलो चरणमा जम्मा बिगो १ अर्ब ३ करोड रहेकोमा ९ करोड बिगो बढेको छ। अब जम्मा बिगो १ अर्ब १२ करोड बढी कायम भएको छ।

प्रतिवादी रवि लामिछाने र छविलाल जोशीको हकमा पनि छुट्टा छुट्टै बिगो कायम गरिएको छ। लामिछानेको हकमा प्रहरीले ४ करोड बढी बिगो कायम गरेर पठाएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ।

लामिछानेलाई भन्दा बन्जाडेलाई ७र८ लाख बढी बिगो कायम गरिएको छ। दुवै जनाको हकमा व्यक्तिगत दायित्व करिब २ करोड र सामूहिक दायित्व २ करोड जति नै गरी ४ करोड बढी बिगो कायम भएको स्रोतले जानकारी दिएको छ।

उनीहरूमाथि सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दायर गर्न प्रहरीको राय छ। सम्पत्ति शुद्धीकरणमा कास्की अदालतमै मुद्दा दायर भइसकेकाले रुपन्देहीमा नहुने भएको छ।

त्यहाँ देखिएको केही कारोबार पनि थप बिगो कायम गर्न कास्की नै पठाउने तयारी छ। अब प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा केही दिनपछि सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दर्ता गर्ने जिल्ला न्यायाधिवक्ता पौडेलले बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि र छविसहितका ७ प्रतिवादी धरौटीमा रिहा भएका छन्। लिला पछाई पनि शुक्रबार धरौटी बुझाएर रिहा भएको कास्की प्रहरीले जानकारी दिएको छ।
रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा र छविलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। आदेश आएको केहिबेरमै धरौटी बुझाएर उनीहरू रिहा भएका हुन्।

अब उनीहरू जिल्ला अदालत काठमाडौँमा हाजिर हुने भएका छन्। अदालतमा आफैँ हाजिर हुने गरी उनीहरूलाई कास्की प्रहरीले रिहा गरिदिएको हो।

रुपन्देही, काठमाडौँ, चितवन र पर्सा प्रहरीले कास्कीको मुद्दामा रिहा भएपछि रवि र छविलाई उपस्थित गराइदिन पत्राचार गरेका थिए। तर अदालतले आदेशमा यो विषयमा मौन रहेपछि  उनलाई रिहा गरेर आफैँ उपस्थित हुन मौका दिएको हो।

अब रवि र छवि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने तयारीमा छन्। काठमाडौँ अदालतमा रविलाई ५ करोड ८ लाख र छविलाई ५ करोड ७८ लाख बिगोसहित सहकारी ठगी र संगठित अपराधकै कसुरमा अभियोग दर्ता गरिएको छ।

काठमाडौँको मुद्दा सकिएलगतै रुपन्देही अदालतमा उनीहरू उपस्थित हुनु पर्ने भएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...