View Point Long Banner Ad

हवाई टिकट नपाएपछि गाडीमै काठमाडौँ आउँदै रवि, अब आइतबार मात्रै अदालतमा उपस्थित हुने

 

काठमाडौं । धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट गाडीमा काठमाडौँ आउने भएका छन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार बेलुका रिहा भएका हुन्।

आज ९शुक्रबार० उनी हवाईमार्गबाट काठमाडौँ आउने तयारी थियो तर श्रीमती निकिता पौडेलसहित पार्टीका साथीको संख्या धेरै भएर हवाई टिकट नपाएपछि गाडीमै आउने भएका हुन्।

सुरुमा लामिछानेको सचिवालयले उनी आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने तयारी रहेको जनाए पनि गाडीमा आउनुपर्ने भएपछि अब आइतबार मात्र अदालतमा हाजिर हुने भएका छन्।

‘धेरै जना भयौँ, जसले गर्दा हवाईटिकट पुगेन’, लामिछानेका एक सहयोगीले भने, ‘अब सबै जना गाडीमा आउने भयौँ, जसले गर्दा आजै अदालत उपस्थित हुन भ्याइँदैन।’

भोलि पनि शनिबार परेकाले रवि अब पर्सि आइतबार मात्र जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने ती सहयोगीले बताए।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर रिहा भए पनि काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा पनि मुद्दा चलेकाले लामिछाने यहाँको जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको हो।

त्यसो त उनीविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन तथा पर्साको सानो पाइला सहकारी ठगीको पनि अभियोग छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...