View Point Long Banner Ad

मधेश प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस

 

काठमाडौं । मधेश प्रदेशका आठ वटा जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

रौतहट सहित बारा, पर्सा, सलाही , महोतरी , धनुषा , सिरहा र सप्तरी जिल्लामा मंगलबार बिहान ६ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का महसुस भएपछि यी जिल्लाका मानिसहरु घर बाहिर निस्केका थिए । केहि बेरसम्म भूकम्पको कम्पन महसुस गरिएको चन्द्रनिगाहपुरका अशोक कोइरालाले बताए ।
उनका अनुसार भूकम्पको धक्का निकै समय सम्म भएपनि वरपर कहिँ कतै क्षति भएको छैन । यता भूकम्पको धक्का महसुस भएपछि बारामा १० विद्यार्थीहरू बेहोस भएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो ।

उनीहरू डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए । मधेश प्रदेशका अन्य जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको भए पनि मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...