आज आठ लाख ८२ हजार मात्रा खोप आइपुग्यो
नेपालमा आज सोमबार कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा उक्त खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।
नेपालमा कोरोनाविरुद्ध खोप आउने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारेको जनाएको छ ।
वि.सं.२०७८ माघ २४ सोमवार १३:३०
















