View Point Long Banner Ad

धेरै नुन खानाले निम्त्याउँछ स्वास्थ्य गम्भीर समस्या

एजेन्सी । विश्वका धेरै मानिसहरुले आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन्। यसको असर उनीहरुको स्वास्थ्यमा पनि परिरहेको छ।

धेरै नुन खानु प्राणघातक हुन सक्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अधिकांश मानिसहरु दैनिक रुपमा खानु पर्नेभन्दा दोब्बर धेरै नुन खाइरहेका छन्। यो निकै खतरनाक साबित हुन सक्ने डब्ल्यूएचओको भनाई छ। तर धेरैजसो मानिसहरुलाई आफूले खानु पर्नेभन्दा धेरै नुन खाइरहेको छु भन्ने नै थाहा छैन। तपाईँले पनि खानामा धेरै नुन त खाइरहनु भएको छैन ?  छ भने यो बानीलाई तत्कालै परिर्वतन गर्नुहोस्।

डब्ल्यूएचओको रिपोर्टका अनुसार वयस्कहरुले दिनमा १०.७८ ग्राम नुन खाइरहेका छन्। यो भनेको दुई चम्चा बराबर हो। यसमा ४ हजार ३१० मिलिग्राम सोडियम हुन्छ। यो चाँहि दैनिक आवश्यकताको करिब दुई गुणा धेरै हो। यो मात्रामा नुन खानु स्वास्थ्यको लागि निकै खतरनाक हुन्छ। धेरै मात्रामा नुन खाँदा मानिसहरुमा प्राणघातक रोगको खतरा बढ्छ। डब्ल्यूएचओका अनुसार सबै वयस्कले दिनभरमा २ हजार मिलिग्राम सोडियम सेवन गर्नु पर्छ। एक चम्चा ९५ ग्राम नुनमा यति सोडियम पाइन्छ। अर्थात् तपाई वयस्क हुनुहुन्छ भने दिनभरमा तपाईँले एक चम्चाभन्दा धेरै नुन खानु हुन्न।

धेरै नुन खाँदा वर्षेनी १९ लाख मान्छेको मृत्यु

विश्वभर वर्षभरिमा १८ लाख ९० हजार मान्छेको मृत्युको कारण धेरै नुन सेवन हो। चाहिनेभन्दा बढी सोडियमका कारण करोडौं मान्छेहरु गम्भीर रोगको सिकार भइरहेका छन्। नुन खाएर के हुन्छ र भन्ने धेरैलाई लागिरहेको हुन सक्छ। तर यो उनीहरुको सबैभन्दा ठूलो भ्रम हो। शरीरमा आवश्यकताभन्दा धेरै सोडियम हानिकारक हुन्छ। धेरै नुन खानु कसैको लागि पनि फाइदाजनक छैन। नुन धेरै खाँदा तपाईँलाई मुटुसम्बन्धी रोग, उच्च रक्तचाप, ग्यास्ट्रिक क्यान्सर, मोटोपना, किड्नीसम्बन्धी रोग,अस्टियोपोरोसिस जस्ता कयौँ गम्भीर रोग लाग्न सक्छ ।


मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...