View Point Long Banner Ad

टिचिङ अस्पतालको परिचयपत्र देखाएर उपचार गर्ने नक्कली डाक्टर, यसरी परे प्रहरीको फन्दामा

काठमाडौं । नक्कली प्रमाणपत्रका आधारमा बिरामीको उपचार गर्ने डाक्टर पक्राउ परेका छन् । पक्राउ परेका डाक्टरले अहिलेसम्म ७ सय जनाको उपचार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलासा भएको हो।

नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर घर भई काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। अहिलेसम्म ७ सय जना बिरामीको धौलागिरी पोलिक्लिनिक खोलेर उपचार गरिसेकेको नक्कली डाक्टरले प्रहरीलाई बताएका छन्।

प्रहरी नियन्त्रणमा रहेका डाक्टरले मानिसहरुलाई विश्वास दिलाउन त्रिवि शिक्षण अस्पतालको डाक्टर समेत भएको भन्दै नक्कली परिचयपत्र समेत देखाउने गरेको प्रहरीले जनाएको छ । अनुसन्धानमा उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत नरहेको पाइएको छ।

उनीबाट नेपाल मेडिकल काउन्सिलको नक्कली रजिष्ट्रर कार्ड, त्रिवि शिक्षण अस्पतालको आईडी कार्ड समेत प्रहरीले बरामद गरेको छ। उनले आफूले चीनबाट एमबीबीएस उत्तिर्ण गरेको दाबी गरेका छन्। भट्टाचार्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि नक्कली कागजपत्र बनाएको प्रहरीले फेला पारेको छ। उनले प्रतिष्ठानबाट एमडी अध्ययन गरेको कागजपत्र नक्कली बनाएको भेटिएको हो।

प्रहरी नियन्त्रमा रहेका भट्टाचार्यले नेपाल मेडिकल काउन्सिलको नम्बर समेत अर्कको प्रयोग गरेको प्रमाण फेला परेको छ। भट्टाचार्यले काउन्सिलको लाइसेन्सस नम्बर ९६७० रहेको दाबी गर्दै उपचार गरेका थिए। तर काउन्सिलमा उक्त नम्बर अर्कै व्यक्तिका नाममा रहेको छ। काउन्सिलका अनुसार उक्त नम्बर गोरखा घर भएकी एक महिला डाक्टरको नम्बर हो।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...