View Point Long Banner Ad

अब त्रिभुवन विमानस्थलबाट नउड्ने भए हेलीकप्टर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर उडान सेवा पूर्णरूपमा स्थानान्तरण गर्ने उद्देश्यले भक्तपुर नलिञ्चोकमा ‘हेलिप्याड हब’ सञ्चालनमा आएको छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ करोड ९० लाख रुपैयाँ लगानीमा उक्त हेलिप्याड हब साढे दुई वर्ष अवधिमा निर्माण सकेको हो । हेलिप्याड हबले ३३ रोपनी क्षेत्रफल ओगटेको छ ।

उक्त जग्गा तत्कालीन हवाई विभागको नाममा थियो । विभाग खारेज भएर प्राधिकरण स्थापना भएपछि त्यो जग्गा पनि प्राधिकरणकै नाममा आएको थियो ।

हेलिप्याड हबमा साना आकारका कुल १७ थान हेलिकप्टर पार्किङ गर्न मिल्छ । जसमा चार हेलिकप्टर एकैपटक उडान र अवतरण गर्न सक्ने क्षमता छ ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि जहाजमात्र उडान–अवतरण गर्ने गरी हेलिकप्टर सेवा भक्तपुर नलिञ्चोकमा स्थानान्तरण गरेका छौं,’ नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले अनलाइनखबरसँग भने, ‘हेलिकप्टर सेवा स्थानान्तरण भएपछि त्रिभुवन विमानस्थलको हवाई चाप व्यवस्थापनमा धेरै नै सहजता आउने विश्वास छ ।’

उनका अनुसार त्रिभुवन विमानस्थल धावनमार्गको पूर्वपट्टि भागमा रहेको हेलिप्याडमा हाल जहाज राख्ने ‘ह्यांगर’ निर्माण भइरहेका कारण हेलिकप्टर सेवा नलिञ्चोकमा स्थानान्तरण गरिएको हो ।

उनका अनुसार तत्कालका लागि भने हेलिकप्टर उडान नलिञ्चोकबाट मात्र गर्ने र अतिआवश्यक कामका लागि मात्र त्रिभुवन विमानस्थलमा अवतरण गर्न दिइने छ । हेलिकप्टरको जहाज जस्तो नियमित उडान नहुने भएका कारण स्थानान्तरणमा पनि खासै समस्या हुँदैन । हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूसँग पनि सकारात्मक सहकार्य भइरहेको छ ।

‘हेलिकप्टर सेवा प्रदायक कम्पनीका कम्तीमा एउटा हेलिकप्टर नलिञ्चोकमा राख्ने नीति लिएका छौं,’ प्राधिकरण प्रवक्ता पाण्डेले भने, ‘अहिले एकैचोटि सबै हेलिकप्टर त्यता लैजाँदा यहाँ समस्या पर्ने भएकाले बिस्तारै व्यवस्थित गर्दै लान्छौं ।’

उनका अनुसार नलिञ्चोकको हेलिप्याड हबलाई त्रिभुवन विमानस्थलको सेवा विस्तारका रूपमा लिइएको छ । हेलिप्याड हबको सुरक्षा नेपाल प्रहरी र नेपाली सेनाको जिम्मामा छ ।

‘एयर ट्राफिक कन्ट्रोल (एटीसी) को काम भने त्रिभुवन विमानस्थल टावरबाटै गर्छौं,’ पाण्डेले भने, ‘अरू सुविधाका लागि आवश्यक कर्मचारीदेखि प्रविधि उतै व्यवस्था गरिएको छ ।’

त्रिभुवन विमानस्थलबाट हेलिकप्टर सेवा स्थानान्तरण भएपछि हवाई चाप व्यवस्थापन धेरै नै सहज भएको उनले बताए ।

हेलिकप्टर उडान–अवतरणकै कारण कहिलेकाहीँ नेपाल आएका जहाज ‘होल्ड’ गर्नुपर्ने अवस्था पनि सिर्जना हुने गरेको थियो । अब त्यस्तो समस्या हटेको छ ।

‘त्रिभुवन विमानस्थलमा जहाज राख्ने ह्यांगर अभाव थियो । यहाँको हेलिप्याड नहटाएसम्म ह्यांगर बनाउन सकिने अवस्था थिएन,’ प्राधिकरण प्रवक्ता पाण्डेले भने, ‘हामीले बाध्य भएर यहाँको हेलिप्याड नलिञ्चोक स्थानान्तरण गरेका हौं ।’

नलिञ्चोक हेलिप्याड हबमा उडान–अवतरण र पार्किङ शुल्क भने त्रिभुवन विमानस्थल सरह नै तोकिएको प्राधिकरणले जनाएको छ ।

पाण्डेका अनुसार त्रिभुवन विमानस्थलको हेलिप्याड धावनमार्गको पूर्वपट्टि रहेको थियो । त्यहाँ हेलिप्याड हुँदा हेलिकप्टर उडान–अवतरणका बेला यात्रु वा हेलिकप्टर सेवा प्रदायकका कर्मचारी, पाइलटलाई धावनमार्ग कटेर पारिपट्टि जान पनि समस्या हुने गरेको थियो ।

‘अब त्यस्तो समस्या पनि हटेर गएको छ,’ पाण्डेले भने, ‘जे होस् अब त्रिभुवन विमानस्थलको हवाई चाप व्यवस्थापनमा धेरै नै सहजता आउने छ । हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त सकारात्मक सहयोगले पनि यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

त्रिभुवन विमानस्थलबाट पूर्णरूपमा हेलिकप्टर उडान–अवतरण सेवा हट्न भने केही समय लाग्ने उनले बताए । आकस्मिक वा अन्य विशेष कारण त्रिभुवन विमानस्थलमै अवतरण गर्नुपर्ने हेलिकप्टर भने यहाँ अवतरण गर्न मिल्ने उनले जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा रहेको हेलिप्याडको क्षमता भने एकैपटक ४० वटा हेलिकप्टर पार्किङ गर्ने मिल्ने खालको थियो ।

हाल नेपालमा एक दर्जन हेलिकप्टर सेवा प्रदायक कम्पनीले साढे तीन दर्जभन्दा बढी हेलिकप्टर सञ्चालन गरिरहेका छन् ।

हाल एयर डाइनेस्टी हेली सर्भिस, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर, फिसटेल एयर, हेली एभरेस्ट, कैलाश हेलिकप्टर सर्भिसेस, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुस्ताङ हेलिकप्टर, प्रभु हेलिकप्टर्स, श्री एयरलाइन्स र सिम्रिक एयरले चार्टर उडान गरिरहेका छन्


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...